इलाका वन कार्यालयको भूकम्प प्रतिरोधात्मक भवन निर्माण

म्याग्दी, कात्तिक १९ गते । म्याग्दीको ताकमस्थित इलाका वन कार्यालयको भूकम्प प्रतिरोधात्मक भवन निर्माण भएको छ । ताकम गाविस– ४ मा तालिम हलसहित चारकोठे पक्की भवन रु २९ लाखको लागतमा निर्माण भएको सहायक जिल्ला वन अधिकृत अजयविक्रम मानन्धरले बताउनुभयो ।

सहरी आवास तथा भवन डिभिजन कार्यालय बागलुङको प्राविधिक सहयोगमा भवन निर्माण गरिएको हो । कार्यालय यसअघि भाडाको घरबाट सञ्चालन हुँदै आएको थियो । जिल्ला वन कार्यालयअन्तर्गत रहेका आठवटा इलाका वन कार्यालयमध्ये अझै तीनवटा इलाका वन कार्यालयको आफ्नै भवन छैन ।

गत वर्ष बाबियाचौर इलाका वन कार्यालयको भवन निर्माण भएको थियो भने गत जेठमा बैसरीमा आएको पहिरोले बेग इलाका वन कार्यालय भाडामा बसेको घर पुरिएर क्षति पुगेको थियो । द्वन्द्वको समयमा क्षतिग्रस्त पाखापानी र घतान इलाका वन कार्यालय भाडाको घरबाट सञ्चालन हुँदै आएको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना