प्रवासी नेपालीद्धारा सैघाका दुई विद्यालयमा अक्ष्यकोष स्थापना

टीकाबहादुर बस्नेत/दाङ समाचारदाता दाङ, कात्तिक १८ गते । विदेशमा बस्दै आएका प्रवासी नेपालीहरुले दाङको विकट गाविस सैघाका दुई विद्यालयमा अक्ष्यकोष स्थापना गरेका छन् ।

ताप्लेजुङ घर भई बेलायतमा बस्दै आउनुभएका नेपाली शुष्मा राईले जनता प्रावी काउलेचौर सैघा–मा ५० हजार रुपैयाँको अक्ष्यकोष स्थापना गर्नुभएको हो । यस्तै पोखरा घर भई बेलायतको स्कटल्याण्डमा बस्दै आउनुभएका जोनी पाहारी र मैना पाहारीले भूमि निमावी सैघा–७ बाम्लामा ५० हजार रुपैयाँको अक्ष्यकोष स्थापना गर्नुभएको हो ।

उहाँहरुले सैघा–७ बाम्लास्थित भूमि निमावीमा एक औपचारिक कार्यक्रमको आयोजना गरी उक्त अक्ष्यकोष रकम हस्तान्तरण गर्नुभएको हो । भूमि निमावीका प्रअ तिलक बुढाथोकी र विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष टंक रोका एवं जनता प्राविका प्रअ मञ्जु देवकोटा र विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दलबहादुर खत्रीलाई उक्त अक्ष्यकोष रकम हस्तान्तरण गरिएको थियो । त्यस अवसरमा बोल्दै परवासी मञ्च युकेका सल्लाहकार समेत रहनुभएका शुष्मा राईले दुर्गम क्षेत्रमा बस्दै आएका बालवालिकाहरुको सहयोगार्थ आफुले अक्ष्यकोष स्थापना गरेको भन्दै यसलाई हरेक वर्ष बढाउँदै ५ लाख रुपैयाँसम्म पु¥याउने कार्यक्रम रहेको जानकारी दिनुभयो । यस्तै कार्यक्रममा बोल्दै जोनी पाहारीले आफुले हरेक वर्ष थोरै–थोरै भएपनि अक्ष्यकोष रकम बढाउदै लैजाने कार्यक्रम रहेको जानकारी दिनुभयो । त्यस अवसरमा विद्यालयलाई शैक्षिकसामाग्री, चाउचाउ बिस्कुट र कपडा समेत हस्तान्तरण गरिएको थियो ।

भूमि निमावी बाम्लाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंकबहादुर रोकाको अध्यक्षता तथा पूर्व सभाषद् शान्ता चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले आफ्नो निर्वाचन क्षेत्रमा आफुले सक्दो सहयोगका कार्यक्रमहरु ल्याउने प्रयास गरिरहेको जानकारी दिनुभयो । त्यसै अभियान अनुरुप विदेशमा बस्दै आउनुभएका नेपाली शुभचिन्तक साथिहरुको सहयोगमा विद्यालयहरुमा अक्ष्यकोष स्थापना गरिएको समेत जानकारी दिनुभयो ।

नेकपा एमाले दाङ क्षेत्र नम्बर २ का अध्यक्ष राममणी पाण्डेको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा अक्ष्यकोष स्थापनाकर्ताहरु शुष्मा राई, जोनी पाहारी, गैर आवासिय नेपाली संघ (एनआरएन) रसियाका उपाध्यक्ष रामेश्वर गौतम, पे्रस चौतारी नेपालका केन्द्रीय सदस्य देविका घर्तीमगर, नेपाल राष्ट्रिय शिक्षक संगठन दाङका उपाध्यक्ष अम्बिका रावत, नेकपा एमाले दाङ क्षेत्र नम्बर २ का पुर्व क्षेत्रिय सदस्य लिलाधर थापा, नेपाली काँगे्रसका लोटबहादुर पुन, एमाओवादीका जँगबहादुर रोकाले विद्यालयमा विदेशमा बस्ने नेपालीहरुले आएर अक्ष्यकोष स्थापना गर्नु सह्राहनिय कार्य भएको भन्दै सैघाका विद्यालयहरु आर्थिकरुपमा निकै कमजोर रहेको र यसमा सबैको सहयोगको आवश्यकता रहेको बताउनुभएको थियो ।

भूमी निमावीका शिक्षक डिला चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा जनता प्राविका प्रअ मञ्जु देवकोटाले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने, सहजिकरण भूमि निमावीका प्रअ तिलक बुढाथोकीले गर्नुभएको थियो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना