बस दुर्घटनाका मृतकको शव धुन्चे पुर्याइयो

धुन्चे (रसुवा), कात्तिक १७ गते।  काठमाडौँबाट रसुवाको चिलिमेतर्फ आउँदै गरेको ना ३ ख ५७०६ नंको बस आज अपराह्न १ बजे दुर्घटना हुँदा मृत्यु भएका ३० जनाको शव जिल्ला अस्पताल धुन्चे पुर्याइएको छ ।

 

प्रहरीकाअनुसार बुधबार बिहानदेखि शव परीक्षण गरी आफन्तलाई बुझाइने छ । मृतकमध्ये अधिकांश रसुवाका भए पनि सनाखत हुन सकेको छैन ।

उक्त बस पासाङल्हामु सडकखण्डको राम्चे गाविस–३ ग्राङस्थित सडकबाट बस करिब ५०० मि तल खसेर दुर्घटना भएको थियो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना