शिशुको शव फेला

भीमदत्तनगर, कात्तिक १५ गते । कञ्चनपुर जिल्लाको बेल्डाँडी नगरपालिका– ३ चौवन्नी बजार नजिकै एक नवजात शिशुको शव फेला परेको छ । महाकाली सिँचाइ आयोजनाको मूल नहरमा तैरिरहेको अवस्थामा शनिबार नवजात शिशु मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बेल्डाँडीले जनाएको छ ।

शिशुको शव नहरमा तैरिरहेको देखेपछि स्थानीयवासीले इलाका प्रहरी कार्यालय बेल्डाँडीलाई खबर गरेका थिए प्रहरीले नहरबाट शिशुको शव निकालेर परीक्षणका लागि बेलौरीस्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा पु¥याएको छ । शिशु जन्मेको तीन दिनको हुन सक्ने आशङ्का गरेको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना