सर्वपक्षीय राजनीतिक सभाबाट मात्र जनताको संविधान सम्भव छ– महासचिव थापा

Ram Bahadur Thapa Badal_2रोल्पा, पुस २३ गते । नेकपा–माओवादीका महासचिव रामबहादुर थापाले सर्वपक्षीय राजनीतिक सभाको माध्यमबाट मात्र जनताको संविधान सम्भव रहेको दाबी गरेका छन् । 

पहिचानसहितको संविधान आउनेमा आफ्नो पार्टीलाई विश्वास नरहेको बताउँदै महासचिव थापाले संविधानसभा विघटन गरी सर्वपक्षीय राजनीतिक सभाबाट देशलाई निकास दिनुपर्नेमा जोड दिनुभयो ।
पार्टी प्रशिक्षणका सिलसिलामा रोल्पा आउनुभएका उहाँले आज सदरमुकाममा आयोजित पत्रकार भेटघाटमा बोल्दै भन्नुभयो–“देशमा अन्तरविरोध र सङ्कट चर्किंदै गएको छ, भविष्यमा ठूल्ठूला आन्दोलन हुने सङ्केत यसले देखाएको छ र उक्त आन्दोलनकोे नेतृत्व हाम्रै पार्टीले गर्नेछ ।”
एमाओवादीले समाजवादी क्रान्तिको अडान छोडेर आए एकता हुनसक्ने उल्लेख गर्दै उहाँले नेत्रविक्रम चन्दको अपरिपक्वताले पार्टी छोडेर हिँडेको टिप्पणी गर्नुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना