• ६ चैत २०८०, मङ्गलबार

प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)

blog

तस्बिर : केशब गुरुङ

काठमाडौं, जेठ ३१ गते । प्रतिनिधिसभा बैठक सुरु भएको छ । मङ्गलबार बिहान सुरु भएको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत मन्त्रालयहरुको विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरुको सम्बन्धित मन्त्रीहरुले जवाफ दिने कार्यसूची छ ।

बैठकमा विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालय र निकायका शीर्षकमाथि सांसदहरुले बोल्ने क्रम सकिएसँगै सोमबारबाट मन्त्रीहरुले जवाफ दिने क्रम सुरु भएको हो ।

आजको बैठकमा युवा तथा खेलकुद मन्त्रालय, शहरी विकास मन्त्रालय, कृषि तथा पशुपन्क्षी विकास मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, परराष्ट्र मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकका छलफलका क्रममा उठेका प्रश्नका विषयमा सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम तय भएको हो ।