• ६ चैत २०८०, मङ्गलबार

पेरुलाई हराउँदै अष्ट्रेलिया विश्वकपमा छनोट

blog

पेरुलाई हराएर विश्वकपमा छनोट भएपछि अष्ट्रेलियाका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, जेठ ३१ गते । कन्टिनेन्टल प्ले अफको फाइनलमा दक्षिण अमेरिकी प्रतिद्वन्द्वी पेरुलाई हराउँदै एसियाली राष्ट्र अष्ट्रेलिया कतारमा हुने फिफा विश्वकप- २०२२ मा छनोट भएको छ । कतारको दोहास्थित अहमेद विन अली स्टेडियममा सोमबार राति भएको खेलमा अष्ट्रेलियालाई सडन डेथमा ५-४ गोलले हरायो । 

अष्ट्रेलिया सन् २००६ पछि लगातार पाँचौ पटक विश्वकपमा छनोट हुन सफल भयो । निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त समयमा समेत कुनै गोल निस्कन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो । जहाँ अष्ट्रेलिया सव्सिच्युट गोलरक्षक एन्ड्रिउ रेडमेन नायक बन्नुभयो । उहाँले सडनडेथको अन्तिम पेनाल्टी बचाउनुभएको थियो।

टाइब्रेकरमा अष्ट्रेलियाका आरोन मोए, क्रेइग गुडविन, एज्दिन रुस्टिक, जेमी माकलरेन र एवेर मविलले गोल गर्नुभयो । अष्ट्रेलियाका मार्टिन बोएलको सुरुवाती प्रहार विफल बनेको थियो । पेरुका जियानलुका लापाडुला, एलेक्सान्डर कालेन्स, रेनाटो तापिया र इडिसन फ्लोरेसले गोल गर्नुभयो ।

लुइस इडभिनकुलाको प्रहार विफल बन्यो भने एलेक्स भालेराको पेनाल्टीलाई गोलरक्षक एन्ड्रिउ रेडमेनले बचाउनुभएको थियो । अष्ट्रेलिया कतार विश्वकपमा छनोट हुने ३१औं टोली बनेको छ । अष्ट्रेलियाले विश्वकपमा साविक विजेता फ्रान्स, डेनमार्क र ट्युनिसिया रहेको समूह ‘डी’ बाट प्रतिस्पर्धा गर्नुछ । अब कोस्टारिका र न्युजिल्यान्डमध्येबाट एक टोली छानिएपछि कतार विश्वकप खेल्ने सबै ३२ राष्ट्रको टुङ्गो लाग्नेछ ।