निर्वाचन आयोगलाई स्वतन्त्र र निष्पक्ष बनाउन पाँच वर्षे रणनीति तयार

माला कर्ण सप्तरी, पुस २३ गते । निर्वाचन आयोगका निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादवले निर्वाचन आयोगलाई अझ बढी स्वतन्त्र र निष्पक्ष बनाउन आयोगको पाँच वर्षे रणनीति तयार भएको बताउनुभएको छ । 

आगामी दिनमा आयोगले गर्न लागेको कार्यक्रबारे जानकारी दिने उद्देश्यले जिल्ला निर्वाचन कार्यालय सप्तरीले बुधबार आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले यस्तो कुरा बताउनुभएको हो । आयोगले आगामी निर्वाचनका लागि आवश्यक कार्ययोजना र प्रस्तावहरु सहितको पाँच वर्षे रणनीति तयार गरीसकेको जानकारी दिनुहँदै आयुक्त यादवले स्थायी रुपमै निर्वाचन आचार संहिता समेत तयार भएको र व्यवस्थापिका संसदबाट अनुमोदन गर्न मात्र बाँकी रहेको बताउनुभयो । उहाँले भन्नु भयो, ‘ यस्तो आचार संहिताले सधै काम लाग्ने फेरी फेरी बनाउनु पर्दैन चाहे संविधान सभाको निर्वाचन होस या अरु राष्ट्रिय, जिल्ला वा स्थानीय निकाय सबैमा काम लाग्नेछ ।’ उहाँले सो कुरा व्यवस्थापिका संसदबाट पारित भएर संविधानमै उल्लेख गर्नु पर्ने प्रस्ताव आयोगले गरेको जानकारी दिनुभयो ।
आयुक्त डा. यादवले पहिलो रणनीति अनुसार संविधानसभाको दुईवटा निर्वाचन सम्पन्न गरेको र २०७६ साल सम्मको लागि दोस्रो पाँच वर्षे रणनीति तयार गरिएको जानकारी दिँदै उहाँले आयोगले तयार गरेको दोस्रो पाँच वर्षे रणनीतिमा निर्वाचनको मिति संविधानमै उल्लेख गर्नु पर्ने, नेपालमा दक्षिण एसियाली प्रजातन्त्र तथा निर्वाचन अध्ययन संस्थान खोल्ने, आयोगका लागि चाहिने बजेट संसदले सोझै पास गरेर दिनु पर्ने, मतदाता शिक्षालाई व्यापक बनाउने जस्ता विषयहरु समेटिएको बताउनुभयो । पाँच वर्षे रणनीतिले मतदाता नामावली देखि संघीय संरचना सम्मको कामहरुलाई सशक्त बनाउने सम्मका विषय वस्तु आयोगले समेटिएको उहाँले बताउनुभयो ।
आयुक्त यादवले आगामी योजना अनुसार दोस्रो पटक गाउँ गाउँमा गएर आउँदो माघ १५ गते देखि चैत्र मसान्त सम्म मतदाता नामावली संकलन, नामावलीमा सुधारदेखि परिचय–पत्रमा सुधार गर्नै कार्यक्रम रहेको र निर्वाचन शिक्षा निरन्तर चल्ने जानकारी दिनुभयो ।
पत्रकार भेटघाटमा जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत महेश कुमार ठाकुरले सप्तरीमा ९३ हजार मानिस मतदाता नामावलीमा समावेश हुनबाट छुटेकोले त्यसको लागि माघ १५ गतेबाट नामावली संकलन गर्ने जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाभरीमा १ सय ३१ बटा सेन्टर तोकेको र त्यसमा १० बटा राजविराज नगरपालिका, ११÷११ बटा शम्भुनाथ नगरपालिका र कन्चनरुप नगरपालिकामा र नवघोषित सप्तकोशी नगरपालिका र गाविसमागरी ९९बटा सेन्टर तोकेको जानकारी दिनुभयो । दोस्रो पटकको मतदाता नामावलीसंकलन टोली २ दिन सम्म प्रत्ये सेन्टरमा बस्ने समेत जानकारी दिनुभयो ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना