• ६ चैत २०८०, मङ्गलबार

मिटरब्याजी रामदेश साहकी छोरी काठमाडौंबाट पक्राउ

blog

तस्बिर : काठमाडौं, उपत्यका अपराध अनुसन्धान कार्यालय

काठमाडौं, जेठ ३० गते । सप्तहरीका मिटरब्याजी रामदेव साह तेलीकी छोरी अनुराधा साह तेलीलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं, उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी र आपराधिक विश्वासघात मुद्दाका फरार प्रतिवादी अनुराधालाई सोमबार काठमाडौंको बुद्धनगरबाट पक्राउ गरेको हो ।

अपराध अनुसन्धान कार्यालयका अनुसार धनुषा, खरहनी गाउँपालिका वडा नम्बर ५ हाल परिवर्तित सबैला नगरपालिा–१० बस्ने ४५ वर्षीया साहलाई जेठ २८ गते प्रहरीले बुद्धनगरबाट पक्राउ गरेको थियो ।
साहलाई पक्राउ गरेलगत्तै जेठ २९ गते इलाका प्रहरी कार्यालय, कल्याणपुर सप्तरीमा पठाइएको छ ।

मो. तैयव अली समेतको जाहेरीका आधारमा साहलाई पक्राउ गरिएको हो ।