तरकारी खेतीमा सिङ्गो गाउँ निर्भर

tarkaiभोटराज राई उदयपुर, पुस २३ गते । उदयपुरको हडिया गाविस वडा नं. ७ र ८ मा पर्ने कृषकबस्तीहरु बकनीया र हडियाका महिलाहरुलाई तरकारीखेतीले आत्मनिर्भर बनाएको छ ।
उनीहरुलाई न त कतै ज्यामी काम गर्न जानुपर्छ, न त कुनै जागीरको पछाडी दौडधुप गर्नुपर्छ । विहानबेलुका घरआगनको करेसाबारीमा खटिएर तरकारीखेती गर्ने उनीहरुको प्रमूख आयआर्जनको माध्यम तरकारीखेती नै बनेपछि त्यसैले उनीहरुलाई आत्मनिर्भर बनाएको हो ।
भाततिहुन, सरसफाई जस्ता घरायसी कामसंगै छोराछोरीलाई पढ्न पठाएर महिलाहरु तरकारी गोडमेल तथा मलजल गरेर समयको पूर्ण सदुपयोग गर्छन् । सागर लघु उद्यमी समूहका सचिव सूर्यवती चौधरीका अनुसार गाउँभरीनै तरकारीखेती गरिएको छ । “तरकारीखेती नगर्ने घर भेटिदैन” उहाँले भन्नुभयो “तरकारीखेतीले हामीलाई राम्रो आयआर्जन दिईरहेको छ ।”
समूहकी सदस्य आनन्दी चौधरीका अनुसार पहिले–पहिले गाउँमा केही कृषकहरुले मात्र तरकारीखेती गर्ने गरेकोमा चार÷पाँचबर्ष अघिदेखि पुरै गाउँका महिलाहरु आ आप्mनो जग्गामा तरकारीखेती सुरु गरेका हुन् । लघु उद्यम विकास कार्यक्रम र जिल्ला घरेलु तथा साना उद्योग विकास समितिले तरकारीखेती गरी आयआर्जन गर्न सकिने कुरा तालिममा सिकाएपछि महिलाहरु तरकारीखेतीमा आकर्षित भएको चौधरीले बताउनुभयो । “चार÷पाँच बर्षदेखि हामी महिलाहरुको प्रमूख आयआर्जनको स्रोत तरकारीखेती नै बनिरहेको छ” चौधरीले भन्नुभयो “घरै बसिबसि पैसा कमाईरहेका छौं ।”
विहान–दिउसो आप्mनै खेतबारीको मेहनतमा खुसी रहेका महिलाहरुले उत्पादन गरेको तरकारी नजिकको बजार तथा हाटहरुमा विक्री हुन्छ । गाईबस्तुको अर्गानीक मल प्रयोग गरी उत्पादन गर्ने तरकारी स्थानीयबजारमै खपत हुने गरेको चौधरीले बताउनुभयो । “उत्पादित तरकारी विक्री हुँदैन भन्ने चिन्ता लिनु पर्दैन” उहाँले भन्नुभयो । उनीहरुले गरेको तरकारी खेतका कारण स्थानीयहरुले ताजा र स्वस्थ्यकर तरकारी खान पाएका छन् ।
हिउद, बर्षा बाह्रैमास उनीहरुको खेतबारी तरकारीले भरिभराउ हुन्छ । अहिले उनीहरुले आलु, कोवी, टमाटर, बैगुन, रायोसाग, भान्टा आदिले खेतबारी सजिसजाउ छ । बर्षे तरकारीको रुपमा उनीहरुले भिण्डी, बोडी, तितेकरेला, प्याज, लसुन आदि उत्पादन गर्छन् । बेमौसमी तरकारी पनि लगाउने गर्छन् ।
कतिपय कृषकहरु आफुले उत्पादन गरेको तरकारी ढकीमा बोकेर आफै बजार लैजाने गर्छन् भने धेरैजसोको गाउँलेले नै खरिद गरेर बजार लैजाने गर्छन् । यसरी खरिद गरेर लैजानेले किलोको ५ देखि १० रुपैयासम्म नाफा कमाउने नानु चौधरीले बताउनुभयो । कृषक पनि र खरिदे पनि रहेकी नानु साताको विहिबार र शनिबार बेल्टार र हडिया बजारमा साईकलमा तरकारी बोकेर जानु हुन्छ । लघु उद्यम विकास कार्यक्रम, उदयपुरले नानु जस्तै पाँच जना महिला कृषकहरुलाई साईकल प्रदान गरेको छ । गाउँभरीको तरकारी बजारसम्म सजिलै पुगोस् र विक्री हुन सकोस् भन्ने हेतुले उनीहरुलाई साईकल प्रदान गरिएको लघु उद्यम विकास कार्यक्रमका बजार विशेषज्ञ इश्वरी गौतमले बताउनुभयो । साईकल पाएपछि, पहिले ढकीमा बोकेर तरकारी बजार लैजाने उनीहरुलाई सजिलो भएको उनीहरुले बताए ।
कृषकहरुका अनुसार तरकारी खेतीबाट थोरै जग्गामा पनि धेरै आम्दानी गर्न सकिन्छ । एक/दुई कठ्ठा जग्गामा खान पुगेर एक लाख भन्दा बढि आम्दानी हुने चौधरीले बताउनुभयो । कतिपयले अरुको जग्गामा अधिया पनि गरेर आम्दानी बढाउने गरेका छन् । गाउँमा सबैभन्दा पहिलेदेखि तरकारी खेती गर्दै आएकी सूर्यवती चौधरीले भने मासिकरुपमै २० हजारसम्म आन्दानी गर्ने बताउनुभयो । उहाँको श्रीमान्ले बाहिरी काम गरेबाहेक सिंगो परिवार नै तरकारीखेतीमा लागी परेका छन् । तरकारीखेतीकै कमाईबाट परिवारको गुजारा सुखद ढंगले चल्नुका साथै बालबालिकाको पढाई राम्ररी भईरहेको उनीहरु बताउछन् ।
तरकारीखेतीमै राम्रो आम्दानी भएपछि त्यहाँका अधिकांश पुरुषहरु पनि त्यसैमा ब्यस्त रहने गरेका छन् । बैदेशिक रोजगार, बाहिर ज्यामी काम गर्ने पुरुषहरु त्यहाँ कमै छन् ।
यसरी कुनै पनि समुदायलाई आयआर्जनको बाटो देखाउन सके गरीबीमा पिल्सिनु नपर्ने घरेलु तथा साना उद्योग विकास समिति उदयपुरका कार्यलय प्रमूख गोपाल शर्मा बताउनुहुन्छ । त्यहाँका कृषकहरुको उद्यमशीलता, लगनशिलता अरुको लागि अनुकरणीय रहेको उहाँले बताउनुभयो ।
लघु उद्यम विकास कार्यक्रमका बजार विशेषज्ञ गौतमले जो कोहीले त्यहाँका सिंगो गाउँका कृषक महिलाहरुले गरिरहेको कामबाट जिविकोपार्जनको पाठ सिक्न सक्ने बताउनुभयो । त्यहाँका कृषकहरुलाई बजारको कुनै अभाव छैन । नजिकैको स्थानीयबजारमा सबै खपत हुने गरेको छ । बाहिरी जिल्लाहरुबाट तरकारी आयात गर्नुपर्ने बाध्यता रहेको सदरमुकाम गाईघाट बजारसम्म त्यहाँको तरकारी लैजानुपर्ने अवस्था छैन ।
काम पाईएन भनेर भौतारिनु नपर्ने त्यहाँका कृषकहरुले बाह्रैमास गाउँलाई तरकारीले सजिसजाउ पारिराख्नाले गाउँको सुन्दरता बढेको छ । “हडियाको त्यो कृषक गाउँ घुम्दा र कृषकहरुको लगनशिलता, मेहनत देख्दा जिविकोपार्जनको निम्ति आउने जटिल सोचहरु टाढा हुन्छ ।” उहाँले भन्नुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना