• ६ चैत २०८०, मङ्गलबार

चुँदीखोलामा माछा मार्न गएका दुई युवकको निधन

blog

युवक डुबेर मृत्यु भएपछि जम्मा भएका स्थानीय बासिन्दा । तस्बिर ः गोरखापत्र

अमरराज नहर्की 

तनहुँ, जेठ २९ गते । माछा मार्ने क्रममा तनहुँमा दुई युवकको आइतबार डुबेर मृत्यु भएको छ । भानु नगरपालिका–२ बस्ने वर्ष २२ को सागर गुरुङ र वर्ष ३५ को धनबहादुर गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय भानुका प्रहरी निरीक्षक प्रकाश भुषालले जानकारी दिनुभयो । 

उहाँले भानु २ र ५ को सङ्गमस्थल चुँदी खोलको बाङ्गेर पौडी खेल्दै माछा मार्ने क्रममा दुवैजनाको डुबेर मृत्यु भएको जानकारी दिनुभयो । मृतक दुवै नाताले दाजु र भाइ हुन् । मामा र फुपुको छोरा दुई मिलेर माछा मार्न गएको र दुवै जनाको मृत्यु भएपछि गाउँ शोकमा डुबेको स्थानीयबासिन्दा राजेश कार्कीले जानकारी दिनुभयो ।

 दिउँसो ४ः३० बजे  दाजुभाइ माछा मार्न गएकोमा स्थानीयले मृत अवस्थामा भेटिएको प्रहरीलाई खबर गरेको कार्कीले बताउनुभयो । साँझ ७ बजे खोलाबाट शव निकालेर दमौली अस्पतालमा पोष्टमार्टमका लागि लगिएको प्रहरी निरीक्षक भुषालले जानकारी दिनुभयो ।