• ६ चैत २०८०, मङ्गलबार

स्टेन्डिङ क्रिकेटमा भारत विजयी

blog

खेलअघि टस गर्दै नेपाल र भारतका खेलाडि । तस्बिर सौजन्य : नेपाल ह्वीलचेयर क्रिकेट संघ

काठमाडौं, जेठ २९ गते । टी–२० अन्तर्राष्ट्रिय फिजिकल्ली च्यालेन्ज क्रिकेट (स्टेन्डिङ क्रिकेट) सिरिजमा भारत विजयी भएको छ । मुलपानी क्रिकेट मैदानमा आइतबार भएको खेलमा भारतले नेपाललाई ७७ रनले हरायो । 

यससँगै तीन खेलको सिरिज भारतले २–० ले जितेको छ । भारत एक खेल अगावै विजयी भएको हो । पहिलो खेलमा पनि भारतले नेपाललाई १२ रनले हराएको थियो । भारत नेपाल ह्वीलचेयर क्रिकेट संघको आयोजनामा सञ्चालित नेपाल र भारतबीच तीन खेलको सिरिज सोमबार सकिनेछ । 

टर हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा एक सय ४५ रन बनाएको थियो । एक सय ४६ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १५.५ ओभरमा सवै विकेटको क्षतिमा ६८ रनमा समेटिएको थियो । भारतका लागि साहुल हमेदले ५५ र सायद शाह अजिजले ५४ रन बनाउनुभयो । बलिङमा नेपालका मनोज थापाले दुई तथा तवरेज आलमले एक विकेट लिनुभयो । 

नेपालका लागि विवेक शर्माले सर्वाधिक ११ रन बनाउनुभयो । अन्य ब्याट्सम्यानले दोहोरो अंकका रन जोड्न सकेनन् । बलिङमा भारतका मनि भनान्ले पाँच विकेट लिनुभयो । सायद शाह अजिजले दुई तथा दिवाकर तिवारी, भिशाल नायक र मखन सिंह राजपुतले एक एक विकेट लिनुभयो ।