• ६ चैत २०८०, मङ्गलबार

यू–२० टोलीको बन्द प्रशिक्षणमा ४० खेलाडि

blog

काठमाडौं, जेठ २९ गते । अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ यू–२० च्याम्पियनसिप र एएफसी यू–२० एसियन कप छनोट फुटबलको तयारीका लागि ४० जना खेलाडि बन्द प्रशिक्षणका लागि छनोट गरेको छ । एन्फा अन्तर्गत यू–२० फुटबल टोलीका प्रशिक्षक मेघराज केसीले बन्द प्रशिक्षणका लागि ४० खेलाडि बोलाउनु भएको हो । 

छनोटमा परेका खेलाडिको बन्द प्रशिक्षण सोमबारदेखि सुरु हुनेछ । यू–२० साफ च्याम्पियनसिप फुटबल भारतको भुवनेश्वरमा जुलाई २५ देखि अगस्ट ५ तारिखसम्म हुनेछ । च्याम्पियनसिपमा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ । शीर्ष दुई टोलीबीच फाइनल भिडन्त हुनेछ । 

यसैगरी सेप्टेम्बर १० देखि १८ सम्म बहराइनमा आयोजना हुने एएफसी यू–२० छनोट खेलमा नेपाल समूह ‘बी’ मा परेको छ । समूहमा नेपालसँगै आयोजक बहराइन, कतार, भुटान र बंगलादेश रहेका छन् । समूहको शीर्ष टोली सन् २०२३ मा उज्वेकिस्तानमा अयोजना हुने यू–२० एसियन कपमा छनोट हुनेछ  

बन्द्र प्रशिक्षणमा डाकिएका खेलाडि 

गोलरक्षक – ईश्वर गुरुङ, युनेश चौधरी, सौरभ कार्की, जियारथ शेख, अमरबहादुर नेवार र टोपबहादुर राना

रक्षक – अकिव हक्यु, जाम ताम्ली, खेमराज श्रेष्ठ, अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमन श्रेष्ठ, आश्विन भट्टराई, श्रीजन दानी, रोहन थापा, राज थोकर र अभिषेक वाइबा

मिडफिल्डर – प्रदीप लम्साल, दिपेश गुरुङ, आशिष राई, क्षितिज भण्डारी, सन्दीप कार्की, जन्मजय धामी, सन्जीव लामा, मोहित गुरुङ, कृतिशरत्न छुन्जु, प्रितन स्याङतान, राकेश विश्वकर्मा, विनय बस्नेत क्षेत्री, सुगम सुवाल र मनग्य नकर्मी

स्ट्राइकर – राज भुषाल, दिपेश राई, माल्दिना आङथुपो, निराजन मल्ल, रोहन खड्गी, रोहित सुब्ब र जविन्द्र भट्टराई ।