३० दलीय मोर्चाले प्रस्ताव गरेको १० प्रदेशलाई थारु कल्याणकारीसभाद्धारा विरोध


काठमाडौं, पुस २२ गते । थारु समुदायको छाता संगठन थारु कल्याणकारिणीसभाले तराईमा बहुप्रदेशको मागगर्दै ३० दलीय मोर्चाले सोमबार सार्वजनिक गरेको १० प्रदेशको अवधारणाको विरोध गरेको छ ।
नयाँ बानेश्वरमा मंगलबार पत्रकार सम्मेलन गर्दै सभाले विरोध जनाउँदै तराईमा दुई प्रदेशको अवधारणा असान्दर्भिक रहेको ठहर गरेको छ । सभाले सत्तापक्षको सात प्रदेशको अवधारणालाई समेत सच्याउन माग गरेको छ । दुवैपक्षबाट आएको अवधारणा त्रुटीपूर्ण रहेको भन्दै सभाले पहाडमा जति प्रदेश हुन्छ, तराईमा पनि त्यति नै प्रदेश हुनुपर्ने अडान राखेको छ ।
कल्याणकारिणीसभाका केन्द्रीय अध्यक्ष धनिराम चौधरीले पहिचानसहितको संविधान माघ ८ भित्रै जारी गर्नुपर्ने मागगर्दै तराईलाई बहुप्रदेश बनाउनुपर्ने अडान सुनाउनुभयो । पहाड र तराईमा जनसंख्या बरावर रहेकाले जनसंख्यालाई आधार मानेर प्रदेशको व्यवस्था गरिनुपर्ने सुझाव उहाँको छ । त्यसो नगरिए सभाले माघ १ गतेबाट चरणवद्ध आन्दोलन शुरु गर्ने उहाँले चेतावनी दिनुभयो ।
सभाका केन्द्रीय सदस्य राजकुमार लेखीले संविधानसभालाई बन्धक बनाएर शीर्ष नेताहरुले मुलुकलाई तमासा देखाइरहेको आरोप लगाउनुभयो । तराईका मूलबासी थारुलाई विभेद गर्नेगरी निर्माण हुने प्रदेशलाई आफूहरुले नमान्ने भन्दै उहाँले तराईलाई बहुप्रदेशको अवधारणामा लग्नुपर्ने माग गर्नुभयो ।
मिश्रित निर्वाचन प्रणालीलाई आफूहरुले स्वीकार नगर्ने भन्दै उहाँले पूर्ण समानुपातिक निर्वाचन प्रणालीले मात्र राज्यबाट पछाडि परेका वर्गको अधिकार सुनिश्चित् हुने उहाँले बताउनुभयो । राज्यको सबै निकायमा समानुपातिक र पूर्ण समावेशीताको सिद्धान्तलाई अंगिकार गरिनुपर्ने उहाँको माग छ ।
पत्रकार सम्मेलनमा सभाले उत्तरमा चुरे पहाडलाई तराईको सिमाना बनाउन सकिने भन्दै थरुहट जिल्ला कैलाली, कञ्चनपुर, चितवन, झापा, मोरङ, सुनसरी र उदयपुरको गाईघाट क्षेत्रलाई पहाडी प्रदेशसँग मिसाउन नहुने बताएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना