महोत्तरीका एक दर्जनभन्दा बढी गाविसमा जङ्गली जनावरको आतङ्क

महोत्तरी, कात्तिक ११ गते । जङ्गली जनावर ग्रामीण भेगमा पसेर आतङ्क मच्चाउँदा महोत्तरीको उत्तरी क्षेत्रका एक दर्जनभन्दा बढी गाविसका स्थानीयवासी त्रसित बनेका छन् । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने रामनगर, गौशाला, वेलगाछी, लक्ष्मिनियाँ, भरतपुर, हात्तीलेट, पशुपतिनगर, खयरमारा, माईस्थान, बर्दिवास विजलपुरा, सोनमा, सुन्दरपुरलगायत एक दर्जनभन्दा बढी गाविसमा रातिको समयमा जङ्गली जानवर पसेपछि सर्वसाधारण त्रसित बनेका हुन् ।

गाउँको नजिकै रहेको सागरनाथ जङ्गलबाट रातिको समयमा आएको बँदेल, गैँडा, हात्ती, बाँदर लगायतका जनावर गाउँमा पसी बालीनालीमा क्षति पु¥याउनुका साथै मानवीय तथा भौतिक रुपमा समेत क्षति पु¥याएपछि सर्वसाधारणको जनजीवन आतङ्कित बन्दै गएको छ ।
केही दिनअगाडि रातु नदीको बाटो हुँदै महोत्तरीको पशुपतिनगरमा दर्जनौँको सङ्ख्यामा पसेको बँदेलकोे समूहले दर्जनौँ बिघा क्षेत्रफलमा लगाइएको धान, काउली, खुर्सानी लगायतका बालीनाली खाएर क्षति पु¥याएका छन् । रातिको समयमा ग्रामीण भेगमा पस्ने बँदेलको ती समूह बिहानपख जङ्गलतर्फ जाने गरेको स्थानीयवासी सुरेन्द्र सिंहले बताउनुभयो ।
कात्तिक २ गते सोनमा गाविसमा छिरेको गैँडाले स्थानीय तीनजनालाई मरणासन्न हुने गरी घाइते बनाएका थिए । एकाबिहानै खेतमा काम गर्न गएको समयमा उखु बारीमा रहेको सो गैँडाले एक घरका आमाछोरी तथा अन्य एकजनालाई घाइते बनाउँदा हाल उनीहरुकोे उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको छ ।

त्यस्तै महोत्तरीको रामनगर, माईस्थान, हात्तीलेट, किसाननगर गाविसको नजिकै रहेको सागरनाथ जङ्गलबाट सयौँ सङ्ख्यामा आएको बाँदरले बालीनालीमा क्षति पु¥याउँदै आएको छ । ती जङ्गली बाँदरलाई धपाउन जाँदा एक्ला महिला एवम् ससाना बालबालिकालाई उल्टै आक्रमण गर्दै आएको रामनगरका किसान रामप्रकाश कुशवाहाले बताउनुभयो ।
सो सम्बन्धमा आफूहरुले सामूहिक रुपमा स्थानीय प्रशासनसमक्ष मौखिक एवम् लिखित रुपमा जानकारी दिँदासमेत हालसम्म कुनै निकायबाट ठोस पहल हुन नसकेको अर्को किसान गणेश थापाले गुनासो पोख्नुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना