एमाले इलाममा राना विजयी

umlराजु शिवा पशुपतिनगर, मंसीर, ५ गते । नेकपा एमाले इलामको अध्यक्षमा राम राना विजयी हुनु भएको छ । अध्यक्षका प्रत्यासी गणेश बराललाई ६५ मतले पछि पार्दै राना विजयी हुनु भएको हो । रानाले एमाले बरिष्ठ नेता झलनाथ खनाल निकट मानिएको प्यानलबाट अध्यक्षमा उम्मेद्वारी दिनु भएको थियो भने बरालले एमाले अध्यक्ष केपी शर्मा ओली निकट मानिएको प्यालबाट अध्यक्ष भिड्नु भएको थियो । रानाले तीन सय ३३ मत पाउनु भएको छ भने बरालले दुई सय ६८ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा ओली निकट प्यानलका जयप्रकाश राईलाई पाखा लगाउँदै खनाल निकटका भक्त केसी विजयी बन्नु भएको छ ।
केसीले तीन सय ५० मत र राईले दुई सय २८ मत प्राप्त गर्नुभयो । सचिवमा ओली निकट प्यानलका महेश बस्नेत विजयी बन्नुभयो । बस्नेतले खनाल निकट प्यानलबाट सचिवमा उम्मेद्वारी दिनु भएका कृष्ण श्रेष्ठलाई हराउनु भएको हो । बस्नेतले तीन सय ७० र श्रेष्ठले दुई सय २३ मल प्राप्त गर्नु भएको छ । कमिटीको उप–सचिवमा उमेश गुरुङ्ग विजयी हुनु भएको छ । अर्का प्रत्यासी खिनु लङ्गवा लिम्बूलाई पछि पार्दै गुरुङ्गले उप–सचिव जित्नु भएको हो । ओली प्यानलबाट चुनाव लड्नु भएका गुरुङ्गले तीन सय ३६ मत र खनाल प्यानलबाट चुनाव लड्नु भएकी लिम्बूले दुई सय २३ मत पाउनु भयो ।
त्यस्तै खुला सदस्यमा ओमनारायण खनाल (१९६), उदय राई (२९०), कृष्ण श्रेष्ठ (२२८), खिनु लङ्गवा लिम्बू (१८५), गणेशप्रसाद बराल (२८९), जसबहादुर लुङ्गेली (२२७), छवि श्रेष्ठ (२८१), टेकबहादुर राई (२७९), जयप्रकाश राई (२३०), जीतबहादुर राई (२२१), देवेन्द्र विश्वकर्मा (२२१), दिपेन्द्र खनाल (२१२), धिरेन्द्र चेम्जोङ्ग (१७९), नरेन्द्रनाथ भट्टराई (२११), बुद्धिप्रसाद खनाल (१९६) विजयी हुनुभयो ।
त्यस्तै क्षेत्र नम्बर–१ को खुला सदस्यमा जेवी फिलिहाङ्ग (३२१), यामबहादुर सुवेदी (३१४) रोमबहादुर लुङ्गेली मगर (३४३) विजयी हुनुभयो । क्षेत्र नम्बर–२ को खुला सदस्यमा किरणकुमार राई (२५६), लेखनाथ खनाल (२२७), सूर्यप्रसाद पोख्रेल (२७४), हरिवाला राई (२६३) ले जीत हासिल गर्नु भएको छ ।
क्षेत्र नम्बर–३ को खुला सदस्यमा कृष्णकुमार गुरुङ्ग (३३०), दाताराम सञ्जेल (२६०), धनबहादुर गुरुङ्ग (२७५), यामप्रसाद अधिकारी (३८१), यामबहादुर राई (३२३), क्षेत्र नम्बर–१ को महिला सदस्यमा देवी भारद्वाज (२८८) विष्णुमाया आचार्य (३४३), पवित्रादेवी अधिकारी (२७४) ले विजयी हुनु भएको छ । क्षेत्र नम्बर–२ को महिला सदस्यमा विन्दू विश्वकर्मा (२७७), भीमा भट्टराई (२६५) र सरु राई (२६०) विजयी बन्नुभयो । क्षेत्र नम्बर–३ बाट इन्दिरा घिमिरे (२५९), तारा गुरुङ्ग (२५६) र शोभा पराजुली (२६३) विजयी हुनु भएको छ । क्षेत्र नम्बर–३ को महिला वैकल्पिक सदस्यमा पवित्रा ढकालले (२४२) विजय प्राप्त गर्नु भएको छ । जनजाति महिलामा तेजमाया गुरुङ्ग (२८८), रोजी राई (३२४) विजयी बन्नुभयो । जनजाति सदस्यमा छत्र सुब्बा (२११), छिरिङ्ग मोक्तान (२००), दिपकिशोर लिङ्गदम (१८६), मनराज जवेगू (१८०) विजयी बन्नु भएको छ । जनजाति वैकल्पिक सदस्यमा सदन राई (२२०), इलाम नगरपालिकाबाट बद्रि खड्का (२७४), बुद्धिजीवि इलाकाबाट सूर्यप्रकाश सापकोटा (२५७) विजयी बन्नुभयो । त्यस्तै दलित सदस्यमा नवराज शंकर (३००) कमल गदाल (२१९), र ज्ञानेन्द्र लाम्गादे (१९६) विजयी बन्नु भएको छ । दलित सदस्यमा १० जनाले उम्मेद्वारी दिनु भएको थियो । लेखा समितिको संयोजकमा गोपाल नेपाल सर्वसम्मत हुनु भएको छ । अन्य दुई सदस्यका लागि भएको चुनावमा प्रकाश खनाल (२७५) र नरेन्द्र खड्का (२६९) ले जीत हासिल गर्नुभएको छ । त्यस्तै सूर्योदय नगरपालिका क्षेत्रबाट हेम फागो, महिला सदस्यमा चित्रकला बराइली चुलाचुलीबाट नारायण लावती, पेसागतबाट श्याम घिमिरे, इनपा महिलामा द्रौपदा बस्नेत, क्षेत्र नम्बर–१ को बैकल्पिक महिला सदस्यमा दुर्गा भट्टराई, दलित मलिलामा सावित्रा शिवा निर्विरोध चुनिनु भएको छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना