• ६ चैत २०८०, मङ्गलबार

जाजरकोटमा जिप दुर्घटना, दुईको मृत्यु, नौ जना घाइते

blog

जाजरकोट, जेठ २७ गते । जाजरकोटको जुनिचाँदे– ५ बलेपुइना नजिक जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । घाइते मध्ये चार जनाको अवस्था गम्भीर रहेको र पाँच जना सामान्य भएको प्रहरीले जनाएको छ ।

शुक्रबार विहान ८ वजे जुनिचाँदे ५ गर्खाकोटवाट सुर्खेत आउँदै गरेको जिप वडा कार्यालय नजिकको बलेपुइनामा दुर्घटना भएको थियो । जिप सडकवाट करिव दुई सय मिटर तल खोलामा खसेको जाजरकोट प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष निरौला जानकारी दिनुभयो । 

अहिले घटनास्थलमा प्रहरी र स्थानीयबाट उद्धारको कार्य भइरहेको समेत निरौलाले जानकारी दिनुभयो । 

Author

सहदेव बस्नेत