बज्न छाडे घर घरमा मालश्री धुन

 

 


दाङ, कात्तिक ३ गते। केही वर्ष पहिलेसम्म दसैँमा घर घरमा सारङ्गी बाजासहित दुर्गा जनाउन आउने गन्धर्व समुदाय हाल भने देखिन छाडेको छ ।

बिहानै घरमा दुर्गा जगाउँदै मालश्री गाउँदा दसँै आएको सङ्केत हुने गरे पनि हाल भने मालश्रीका स्वर सुनिँदैन । “पहिले प्रत्यक घर घरमा गन्धर्व समुदायका व्यक्ति नवरात्रिमा मालश्री गाउन आउने गरे पनि हाल भने एक दुई स्थानमा मात्र सो धुन बज्ने गरेको छ ।” तुलसीपुर–३ का समाजसेवी विश्वराज गौतमले भन्नुभयो ।
युवा पुस्ताले चासो नदिँदा तथा राज्यले आफूहरुको पेसा संरक्षणका लागि ध्यान नदिँदा मालश्री तथा अन्य समयमा सारङ्गी बाजा बज्न छाडेको तुलसीपुर–२ रक्षाचौरका गणेश गन्धर्वको भनाइ छ । “राज्यले पनि यसतर्फ कुनै चासो दिएन, हाम्रो छोराछोरीले पनि पेसा अँगालेनन् । ” उहाँले भन्नुभयो । कहीँ कतै एक दुईजना गन्धर्वले पुख्र्यौली पेसा अँगाले पनि अन्य नयाँ पुस्ताले अँगाल्न नसक्दा आफूहरुको पेसा सङ्कटमा परेको गणेशले बताउनुभयो ।

तुलसीपुर–२ मा करिब ४० घर गन्धर्व परिवारको बसोबास भए पनि चार÷पाँच जनाले मात्र सारङ्गी बजाउन जानेका छन् । सारङ्गी पेसाबाट परिवार पाल्न तथा अन्य आर्थिक उपार्जन गर्न समस्या हुन थालेपछि पेसा सङ्कटमा पर्न थालेको उहाँको भनाइ छ । “युवापुस्ता सारङ्गी बजाउन समेत जान्दैनन् र जान्ने समेत घर घरमा गएर बजाउन लाज मान्ने गर्छन्– उहाँले भन्नुभयो ।

राज्यले उचित कदम नचाले सारङ्गी बाजा लोप हुने अवस्थामा पुगेको शालिकराम गन्धर्वले बताउनुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना