• ६ चैत २०८०, मङ्गलबार

एसियन गेम्स : महिला फुटबलको तयारी मंगलबारदेखि

blog

एसिएन गेम्स : महिला फुटबलको तयारी मंगलबारदेखि

काठमाडौं, जेठ २३ गते । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले चीनमा हुने एसियन गेम्सका लागि नेपाली महिला फुटबल टोलीको बन्द प्रशिक्षण मंगलबारदेखि सुरु गर्ने भएको छ । राखेपले सोमबार प्रशिक्षणका लागि ४० जना खेलाडी बोलाएको छ । 

राखेपले अखिल नेपाल फुटबल संघ (एन्फा) मार्फत प्रशिक्षणका लागि खेलाडी माग गरेको हो । एन्फाले सोमबारनै प्रारम्भिक ४० खेलाडीको नाम सार्वजनिक गरेको छ । बन्द प्रशिणमा पर्ने खेलाडीहरुमा एन्जिला तोम्प्पोवा सुब्बा, अन्जना रानामगर उषा नाथ, कविता विक, अमृता जैसी, गीता राना, पुनम मगर, हीराकुमारी भुजेल, पुजा राना, बिमला विक, सृजना सिंह, निशा थोकर, सलोनी रानामगर, सृजना चेम्जोङ, समिक्षा घिमिरे, रेनुका नगरकोटी, सरु लिम्बु, बिमला चौधरी र अनिता बस्नेत हुनुहुन्छ । 

यसैगरी प्रिती राई, दिपा राई, इन्दिरा राई, मन्जलीकुमारी योन्जन, निर्मला उपाध्याय, दिपा शाही, हिमा चौधरी, बिर्सना चौधरी, सरस्वती ऐ्र, सुमित्रासिंह पाख्रिन, सावित्रा भण्डारी, अनिता केसी, सरस्वती रोकाय, निर्मला विक, सबिता रानामगर, रश्मीकुमारी घिसिङ, रजनी थोकर, चन्द्रा भण्डारी, अमिशा कार्की, रेखा पौडेल र कुशुम खतिवडा पनि बन्द प्रशिक्षणमा पर्नुभएको छ ।