• ६ चैत २०८०, मङ्गलबार

२४ घण्टामा सातजना सङ्क्रमित थपिए

blog

काठमाडौं, जेठ २३ गते । पछिल्लो २४ घण्टामा थप सातजनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार ९९० जनाको पीसीआर परीक्षण गर्दा सातजनामा सङ्क्रमण पुष्टि भएको हो ।

यसैगरी, एक हजार २५८ जनाको एन्टीजेन परीक्षण गर्दा १४ जनामा सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा मृत्युदर शून्य छ ।

अहिले देशभर १०९ जना सक्रिय सङ्क्रमित रहेका छन् भने २४ घण्टामा आठजना डिस्चार्ज भएका छन् ।