• ६ चैत २०८०, मङ्गलबार

यौन हिंसाविरुद्धको संशोधन विधेयक २०७९ प्रतिनिधिसभाबाट पारित

blog

तस्बिर : केशब गुरुङ

काठमाडौं, जेठ २३ गते । प्रतिनिधि सभा बैठकबाट यौन हिंसाविरुद्धको केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ सर्वसम्मतिले पारित भएको छ ।

सभामुखले ‘‘यौन हिंसाविरुद्ध केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस्’’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो ।

सभामुखले निर्णयर्थ पेश गर्दा प्रस्तावको विपक्षमा कुनै सांसदले हुँदैन नभनेपछि प्रस्ताव बहुमतले पारित भएको घोषणा गर्नुभएको हो ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द्रप्रसाद शर्मा (कोइराला)ले छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको थियो ।