जनताको संविधान जारी गर्न आन्दोलनमा उत्रियो

Hari bol Gajurelदमक, पुस २१ गते । एकीकृत नेकपा माओवादीका नेता हरिबोल गजुरेलले ३० दलीय मोर्चाको संयुक्त आन्दोलन बिगतमा भएका सहमतिहरु कार्यन्वयनका लागि दबाब दिने उद्धेश्य अनुरुप भईरहेको बताउनु भएको छ । उहाँले बिगतका सहमति र सम्झौताहरु कार्यन्वयनको प्रतिबद्धता नआएसम्म आन्दोलन नरोकिने बताउनु भएको हो ।

मोर्चाको संयुक्त आन्दोलनको क्रममा झापा आउनु भएका गजुरेलले जबरजस्त रुपमा पेलेर संबिधान निर्माण गर्न खोजिए यसले रक्तापात निम्तने खतरा हुने भन्दै सहमतिको बिकल्प नभएको बताउनु भयो । उहाँले काँग्रेस र एमाले अहिले पनि राजतन्त्रत्मक सोचबाट मुक्त भईनसकेको आरोप लगाउदै जनताको हित हुने संविधान जारी गर्नका लागि आफूहरु आन्दोलनमा होमिएको उहाँको भनाई थियो ।
माओवादीसंग जनधार छैन भनेर बिगतका सहमतिहरुलाई कुल्चेर जान खोजिएकाले आफूहरु बाध्य भएर आन्दोलनमा आएको भन्दै गजुरेलले सरकारमा रहेका दलहरुका कारण नै माघ ८ मा संबिधान आउन नसक्ने ठोकुवा गर्नु भयो । उहाँले सहमतिको वातवरण बनेमा र बिगतमा भएका सम्झौताहरुको पालना भएमा आफूहरु माघ ८ मा संबिधान जारी गर्नका लागि सबै शक्ति प्रयोग गर्न तयार रहेको बताउनु भयो ।
सरकारमा रहेका सत्तासाझेदार दलहरुले मूलकलाई गन्तब्यहीन दिशामा लैजान खोजेकाले त्यसलाई रोक्नका लागि आफूहरु लागि परेको पनि जनाउनु भयो । सबैको अस्तित्व स्वीकार गरेर जान सकिएमात्र जनताले चाहेजस्तो संविधान बन्ने उहाँको भनाई रहेको थियो । आफूहरुको आन्दोलनले संबिधान बन्ने अवस्था सिर्जना हुने दाबी पनि उहाँले गर्नु भयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना