• ६ चैत २०८०, मङ्गलबार

वडा अध्यक्ष कप फुटबल बिहीबारदेखि

blog

काठमाडौं, जेठ २२ गते । चावहिल स्पोर्ट्स क्लबको आयोजनामा प्रथम वडा अध्यक्ष कप खुला भेट्रान फुटबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ । काठमाडौं महानगरपालिका वडा ७ को मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगितामा ४० वर्षमाथि उमेरसमूहका १४ पुरुष टिमको सहभागिता रहने प्रतियोगिता संयोजक केशर गोर्खालीले जानकारी दिनुभयो ।

प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार रुपियाँ पाउनेछन् । उत्कृष्ट खेलाडी, रक्षक, गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही पाँच हजार रुपियाँ पुरस्कार प्रदान गरिनेछ । सिक्स ए साइड प्रतियोगिताका खेलहरु चावहिलस्थित चन्द्रविनायक पार्कको मैदानमा हुनेछ । फाइनल जेठ ३१ गते हुनेछ ।