• ६ चैत २०८०, मङ्गलबार

भिरबाट लडेर महिलाको मृत्यु

blog

फाइल तस्विर

शेरबहादुर राई

ओखलढुङ्गा, जेठ २२ गते । ओखलढुङ्गाको श्रीचउरमा भिरबाट लडेर एक महिलाको ज्यान गएको छ । आईतबार मोलुङ गाउँपालिका –६ श्रीचौरकी ५५ बर्षिय दुधमाया कटुवालको भिरबाट लडेर ज्यान गएको हो । 

विहान गाउँ नजिकैको जङ्गलमा घाँस काट्न जानुभएकी कटुवाललको लडेर घटना स्थलमै मृत्यु भएको स्थानिय शिवकुमार कार्कीले जानकारी दिनुभयो । श्रीचउर प्रहरी चौकी र ईलाका प्रहरी चौकी रामपुरबाट खटिएको प्रहरीले घटनास्थलमा पुगेर मुचुल्का गरी पोष्टमार्टमका लागि शव जिल्ला अस्पताल रुम्जाटार पठाइएको प्रहरी निरीक्षक केशव अधिकारीले बताउनुभयो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।