सरकारको प्राथमिकताले संविधान ओझेलमा : महरा

Krishna bdr maharaप्यूठान, पुस २१ गते । एकीकृत नेकपा माओवादीका महासचिव कृष्णबहादुर महराले सरकारको प्राथमिकताले गर्दा संविधान निर्माणको काम ओझेलमा परेको बताउनुभएको छ । सरकार फेरबदलमा नेपाली कांग्रेस र एमाले लागेकाले संविधान बनाउने काम पछि परेको उहाँले बताउनुभयो ।
क्रान्तिकारी पत्रकार संघ प्यूठानले सोमबार आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै महाराले भन्नुभयो,‘संविधान बनाउन सबैको सहमति असम्भव छ, अधिकांसको सहमति खोज्नु पर्दछ ।’ विवादित विषयमा दलहरुक्ीच सहमति जुट्न नसके विवादित विषयमा ‘नोट अफ डिसेन्ट’ लेखेरै भए पनि संविधान जारी गर्न सकिने उहाँको भनाई छ ।
नेता महराले राज्यको पुनःसंरचना, शासकीय स्वरुप, मिश्रित निर्वाचन प्रणाली, न्याय परिषद् गठन गर्ने विषयमा दलहरु सहमति नजिक पुगेको बताउनुभयो । प्रगतिशिल संविधान निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
एमाओवादी सहित ३३ दलले घोषणा गरेको आन्दोलन संविधानमा बाधा पु¥याउन नभई दवावका लागि भएको उहाँले स्पष्ट पार्नुभयो । संविधान सभाका अध्यक्ष सुवास नेम्वाङले मस्यौदा तयार गर्ने प्रस्ताव ल्याउन हतार गरेको उहाँको भनाई छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना