बेचबिखनको क्रम रोकिएन

फेसबुकका साथीबाट बेचिन्छन् चेली

लक्ष्मण पौडेल भैरहवा, पुस २१ गते । घर परिवारका कारण मानसिक तनाव झेलेकी एक १९ वर्षे युवतीले घर छाडेर भारतीय भूमिमा जागिर खाने सपना बुनिन् । त्यसका लागि उनी फेसबुकबाट एक अपरिचित युवकसँग सम्पर्क बढाइन् । फेसबुकमा अर्जुन नाम गरेका एक अपरिचित युवकसँग ५–६ महिनाको कुराकानीपछि उनको भारत जाने सपना त पूरा भयो, तर त्यतिबेला उनी झसँग भईन्, जतिबेला सम्भावित बेचबिखनको जोखिममा परिसकेकी थिइन् ।

झापा हल्दीबारी–३ कि १९ वर्षिया सरस्वती खरेल (नाम परिवर्तन) दिल्लीमा काम मिलाइदिन्छु भनेकै आधारमा ती युवकको विश्वासमा परेकी थिइन् । चारवर्षे वैवाहिक सम्बन्ध तनावपूर्ण भएपछि तीन वर्षिया छोरीलाई छाडेर आफूले दिल्ली जाने निर्णय लिएको उनी बताउँछिन् । “ती युवकले फेसबुकबाट दिएको ठेगानाका आधारमा नारायणगढ, बुटवलको बाटो हुँदै म भारतको दिल्ली पुगें, तर दिल्लीमा म बेचिन लागेको थाहा पाएपछि ६–७ जना नेपालीहरुले सहयोग गरेर मलाई नेपाल ल्याइ पु¥याए”–उनले भनिन् ।

श्रीमानले माइती नेपाल क्षेत्रीय कार्यालय भैरहवामा खोजतलासको निवेदन दिएपछि माइती नेपालकै पहलमा ती युवतीलाई दिल्लीबाट उद्दार गरी नेपाल ल्याइएको हो । आफ्नो घर नजाने निर्णय गरेकी उनलाई माइती नेपालले काठमाडौंमा सीपमूलक तालिमका लागि पठाउने तयारी गरेको छ ।

फेसबुककै आधारमा बेचबिखनको जोखिममा परेकी उनी एक्ली भने होइनन् । चितवनकी अनिता आचार्य र अमृता परियार तथा नवलपरासीकी जुनु बुढा मगर (सबैका नाम परिवर्तन) पनि फेसबुकबाटै चिनजान भएका साथीलाई विश्वास गरी नोकरीको प्रलोभनमा परेर भारत गएका थिए । उनीहरुलाई पनि माइती नेपालको पहलमा केही महिनाअघि मात्रै उद्दार गरिएको थियो ।

गएको एक वर्षको अवधिमा बेचबिखन विरुद्धको अभियानमा लागेको माइती नेपालले बेचबिखनमा परेका २६ जनाको उद्दार गरेको छ । माइती दिल्ली र रेस्क्यू फाउन्डेशन मुम्बईद्वारा उद्दार गरिएका मध्ये १९ जना १८ वर्षमुनिका छन् । उद्दार गरिएका २६ मध्ये ६ जनालाई तालिमका लागि काठमाडौं पठाइएको र बाँकीलाई अभिभावकको जिम्मा लगाइएको माइती नेपाल क्षेत्रीय कार्यालय भैरहवाकी प्रमुख प्रभा खनालले जानकारी दिनुभयो ।

सन २०१४ मा माइती नेपालमा १६४ जनालाई खोजतलासको लागि निवेदन परेकोमा २२ जना मात्रै फेला परेका छन् । बाँकी बेचबिखनमा परेको हुनसक्ने माइती नेपालको अनुमान छ । जसमा १८ वर्षमुनिका ८८ जना, १८ वर्षमाथिका ७६ जना रहेको क्षेत्रीय प्रमुख खनालको भनाई छ । ती मध्ये रुपन्देहीका सबैभन्दा बढी ८० जना रहेका छन् भने बाँकी चितवन, नवलपरासी र कपिलवस्तुका छन् । खनालका अनुसार घरदैलो कार्यक्रम, तालिम, सूचना सम्प्रेशण, चेतनामूलक कार्यक्रम गरिएपनि बेचबिखनको जोखिम हटेको छैन ।

माइती नेपालले उपलब्ध गराएको तथ्यांक अनुसार सबै घटना एउटै प्रकृतिका छैनन् । कोही प्रलोभनका आधारमा भारत लगायत खाडी मुलुकमा बेचबिखनको शिकार बनेका छन् भने कोही पारिवारिक हिंसा सहन नसकी सहरमा आएर शंकास्पद गतिविधिमा संलग्न छन् । भर्खर १६–१७ वर्ष उमेर पुगेका युवतीहरु चाहीं कतिपय आफ्नै कारणले पनि यौन दुव्र्यवहारको शिकार भैरहेका छन् ।

माइती नेपालका अनुसार अधिकांश युवतीहरु धनी बन्ने चाहना राखेर बेचबिखनको शिकार भएका छन् । “बैदेशिक रोजगारको चाहना राखेर धेरैजसो युवतीहरु दिल्ली र मुम्बईबाट बेचबिखनमा परेका छन्, ती मध्ये निम्न आयस्तरका बढी रहेका छन्”–खनालको भनाई छ ।

नेपाली चेलीबेटी तथा मानव बेचबिखन कार्य नियन्त्रणका लागि सरकारी तथा विभिन्न गैरसरकारी निकाय सीमा क्षेत्रमा केन्द्रित छन् । तर, निजी सवारी साधन र रिजर्भका गाडी बिना चेकजाँच सहजै नेपाल पार गर्नाले समस्या सिर्जना भएको छ ।

छोटो समयमा अपरिचित मान्छेले फोन गर्ने, नाता जोड्ने, भेटघाट गर्ने र राम्रो जागिर लगाइदिने, प्रेम तथा विवाह गर्ने बहानामा युवतीलाई सीमा कटाउने क्रम बढेको मानव बेचबिखन तथा ओसार पसार नियन्त्रणको क्षेत्रमा कार्यरत संघसंस्थाको अनुसन्धानहरुमा देखिएको छ ।

जिल्ला प्रहरी महिला सेलका प्रहरी नायव निरीक्षक राम बहादुर खत्रीले वैदेशिक रोजगारीका नाममा ठगेको, सम्बन्धित ठाउंँमा नपु¥याएको, गएका महिला सम्पर्कमा नरहेको लगायतका विषयमा प्रहरीमा उजुरी गर्ने क्रम बढेको बताउनुभयो । त्यस्ता मुद्दाहरुमा प्रहरीले कसैलाई ठगी त कसैलाई बेचबिखनका नाममा कारबाही प्रक्रिया अघि बढाउने गरेको छ ।

नेपाली चेलीहरु सबैभन्दा बढी भारतको मुम्बईमा र त्यसपछि महाराजगञ्ज, कुशीनगर क्षेत्रमा बिक्री हुने गरेको तथ्यांक छ । युवतीलाई बेचबिखन हुनबाट बचाउन सिमा नाकामा बिभिन्न गैरसरकारी निकायहरु बसे पनि बेचिने क्रम रोकिएको छैन । त्यही नाका हँुदै भारत पस्ने चेलीहरु तेस्रो मूलुकसम्म पुग्ने गरेका छन् ।

केही समयअघि रुपन्देही प्रहरीले चेलिबेटी बेचबिखनमा संलग्न दलालहरुलाई पक्राउ गर्दा चालकहरुले चेली ओसार्ने काम गरेको तथ्य भेटिएको हो । यो काममा बस, ट्रक, जीपका चालक र सह–चालक सहभागी हुने गरेका छन् । “चालकले चेलीलाई भारतसम्म पु¥याएको गरेको भेटिएको रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र ढकालले बताउनुभयो ।

 

 

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना