• ६ चैत २०८०, मङ्गलबार

अनाथ तथा ज्येष्ठ नागरिकको सहयोगका लागि महायज्ञ

blog

गोरखापत्र अनलाइन 

काठमाडौं, जेठ २१ गते। नेपाली काँग्रेसका उपसभापति एवम् पूर्वगृहमन्त्री पूर्णबहादुर खड्काले स्वर्णिम श्रीमद्भागवत भक्ति सत्संग महायज्ञको शनिबार शुभारम्भ गर्नुभयो। 

काठमाडौँको बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ७ स्थित गल्फुटारमा आयोजित महायज्ञ नौ दिनसम्म सञ्चालन हुनेछ।

 आयोजक रिमा सेवा समाजका अध्यक्ष रिमा सापकोटाका अनुसार, अनाथ तथा ज्येष्ठ नागरिकको कल्याणका लागि महायज्ञ लगाइएको हो। 

हाल ज्येष्ठ नागरिक तथा अनाथलाई भाडाको घरमा राखिएको छ। महायज्ञबाट प्राप्त दान तथा उपहार पनि उहाँहरूकै हितमा खर्च गरिने जानकारी अध्यक्ष सापकोटाले दिनुभयो। समाजले सञ्चालन गरेको आश्रममा अहिले ५७ जना आश्रित छन्।