सहमति हुने अध्यक्ष नेम्वाङको विश्वास

Subash Newangकाठमाडौँ, पुस २० गते । सरकारमा रहेका नेपाली काँग्रेस, नेकपा (एमाले) लगायत दलका विभिन्न सभासद्ले तोकिएको समय (माघ ८ गतेभित्र) संविधान ल्याउन दबाब दिँदै आज संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई भेट गरेका छन् ।

सभासद्हरूले कार्यतालिका अनुसार समयमा संविधान ल्याउन दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने जनाउ पनि अध्यक्ष नेम्वाङलाई दिएका छन् ।

त्यस अवसरमा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले संविधानका अन्तरवस्तुमा प्रमुख दलबीच सोमबारसम्ममा सहमति हुने विश्वास व्यक्त गर्नुभएको थियो । भेटमा सहभागी एमालेका सभासद् डा राजन भट्टराईका अनुसार अध्यक्ष नेम्वाङले आफूले गत शुक्रबारको कार्यव्यवस्था समितिको बैठकमा सोमबारसम्ममा विवादित विषयमा सहमति गर्न र सहमति नभएमा संविधानको प्रारम्भिक मस्यौदा तयार गर्ने अधिकार आफूलाई दिन प्रस्ताव गरेको स्मरण गराउँदै सकेसम्म आफूले अधिकार प्रयोग गर्नुपर्ने अप्रिय अवस्था नआउने विश्वास व्यक्त गर्नुभएको थियो ।

भेटमा सात प्रदेशसहितको प्रस्तावक काँग्रेस र एमालेका साथै राष्ट्रिय जनमोर्चा, परिवार दल र केही स्वतन्त्र गरी करिब १०० सभासद् उपस्थित हुनुहुन्थ्यो । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विषयमा सहमति नभए प्रक्रियाबाट समयमा संविधान ल्याउन जोड दिनुभएको थियो ।

अध्यक्ष केसीले आफ्नो पार्टी सङ्घीयताका विषयमा फरक मत राख्ने भएपनि संविधानसभाको दुई तिहाइबाट पारित गर्ने संविधानलाई स्वीकार गर्ने जानकारी दिनुभएको थियो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना