• ६ चैत २०८०, मङ्गलबार

इस्माली जनताको इच्छा : निशुल्क शिक्षा

blog

इस्मा गाउँपालिका अध्यक्ष भगतसिंह खड्का । तस्बिर : गोरखापत्र

रमेश विश्वकर्मा

गुल्मी, जेठ २० गते । गुल्मी जिल्लाको इस्मा गाउँपालिकाले गाउँ कार्यपालिकाको पहिलो बैठक मार्फत विभिन्न विषयगत समिति गठन गरिएको छ । बैठकमा गाउँपालिकाका आम जनताकाको मनोभावना बुझेर विभिन्न महत्वपूर्ण निर्णय गरेका गरिएको गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले बताउनुभयो । 

गाउँपालिकामा टपरी उद्योग स्थापना गर्ने बताउँदै अध्यक्ष खड्काले भन्नुभयो, “कक्षा १२ सम्म निःशुल्क शिक्षा प्रदान गर्नेछौं । स्वास्थ्य स्वंमसेविकालाई प्रोत्साहन भत्ताको व्यवस्था गर्नेछौं ।” अध्यक्ष खड्काले प्रत्येक वडामा विद्युत र खानेपानीलाई व्यवस्थित गर्नका लागि कर्मचारी समेत खटाइने बताउनुभयो । कृषि र पशु सेवा केन्द्र स्थापना गर्ने बताउनुभयो । 

साथै विपद् न्यूनीकरणका लागि पूर्वतयारी सम्बन्धि महत्वपूर्ण निर्णयहरु गरिएको अध्यक्ष खड्काको भनाइ छ । उहाँका अनुसार सडक/कुलो मर्मतका लागि लेन्थवर्करको व्यवस्था गरिने निर्णय भएको छ । ‘शीघ्र सेवा तीव्र विकास’ अनुसार सेवा प्रवाहमा नागरिकको सहजताको लागि कार्यालयमा साहयता कक्ष स्थापना गरिनेछ । कर्मचारी पदपूर्तिका लागि पनि छिट्टै विज्ञापन गर्ने उहाँले बताउनुभयो । गाउँपालिकाले हस्तिचौरमा प्रहरीचौकी निर्माणका लागि सिफारिस गर्ने निर्णय समेत गरेको छ । गाउँपालिकाको उपाध्यक्ष पार्वती कुँवरलाई प्रवक्ताको जिम्मेवारी प्रदान गरिएको छ । 

यसपटक गाउँपालिकामा न्यायिक इजलासको स्थापना गर्ने निर्णय समेत भएको अधिवक्ता समेत रहनुभएकी गाउँपालिका उपाध्यक्ष कुँवरले बताउनुभयो । उहाँले न्यायका लागि गाउँपालिकामा आउने सर्वसाधारणसँग बसेर कुरा गर्ने समेत ठाउँ नभएकोले न्यायिक इजलासको स्थापना गर्ने निर्णय गरिएको बताउनुभयो ।

गाउँपालिकाको संस्थागत विकास, सेवा प्रवाह र सु्शासन समितिको संयोजकमा कार्यपालिका सदस्य राजु बस्नेत र सदस्यहरुमा धनबहादुर कुँवर, रेनुका सारु रहनुभएको छ । विधेयक समिति संयोजकमा कार्यपालिका सदस्य बसन्त सुनार र सदस्यहरुमा टिका कुँवर र सुनिता बिक रहनुभएको छ ।

त्यस्तै, आर्थिक विकास समितिको संयोजकमा १ नं. वडाका अध्यक्ष शेरबहादुर कुँवर र सदस्यहरुमा देविराम घिमिरे, खगिश्वरा पोखरेल रहनुभएको छ । सामाजिक विकास समितिको संयोजकमा ६ नं. वडाका अध्यक्ष ढालबहादुर कुँवर र सदस्यहरुमा चित्रकला सुनार, बसन्त घर्ती रहनुभएको छ ।

पूर्वाधार विकास समितिको संयोजकमा ५ नं. वडाका अध्यक्ष झविन्द्र अर्याल र सदस्यहरुमा गोपाल बिक, रेनुका बिष्ट रहनुभएको छ । साथै वातावरण तथा विपद व्यवस्थापन समितिको संयोजकमा २ नं. वडाका अध्यक्ष लोकनाथ आचार्य र सदस्यहरुमा जङ्ग बहादुर खत्री र नरमाया बिक रहनुभएको छ ।

त्यस्तै, गाउँपालिकाको न्यायिक समितिको संयोजकमा गाउँपालिका उपाध्यक्ष पार्वती कुँवर संयोजक र सदस्यहरुमा शेरबहादुर कुँवर, ढालबहादुर कुँवर रहनुभएको छ । त्यस्तै राजस्व परामर्श समितिको संयोजकमा पनि गाउँपालिका उपाध्यक्ष पार्वती कुँवर र सदस्यहरुमा झविन्द्र अर्याल र रेनुका बिष्ट रहनुभएको छ । श्रोत अनुमान समितिको संयोजकमा गाउँपालिका अध्यक्ष भगत सिंह खड्का र सदस्यहरुमा पार्वती कुँवर, डोलबहादुर सार्की, शेरबहादुर कुँवर, ढालबहादुर कुँवर, लोकनाथ आचार्य रहनुभएको छ ।