बालिका बलात्कार गर्ने युवकलाई सात वर्ष कैद

इलाम, असोज २३ गते । चौध वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा बरबोटे गाविस–३ का ३४ वर्षीय वीरेन लिम्बूलाई जिल्ला अदालत इलामले शुक्रबार सात वर्ष कैद सजायको फैसला सुनाएको छ ।

जिल्ला न्यायाधीश नवराज दाहालको इजलासले जबर्जस्ती करणी ऐनको ३ ९३० नम्बर बमोजिम कसुर ठहर गर्दै सोही महलको सोही नम्बर बमोजिम लिम्बूलाई सात वर्ष कैदको फैसला गरेको हो । लिम्बूलाई जबर्जस्ती करणी ऐनअन्तर्गतको १० नम्बरबमोजिम पीडितलाई रु ५० हजार क्षतिपूर्ति भराउन आदेशसमेत दिएको अदालतका श्रेस्तेदार जगदीश्वर भट्टराईले जानकारी दिनुभयो ।

लिम्बूले गत साउन २८ गते बेलुका ती बालिकालाई बलात्कार गरेको भन्दै पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना