डडेल्धुरा सदरमुकाममा भीषण आगलागी

aaglagoiगोकर्ण दयाल डडेल्धुरा, पुस २० गते । डडेल्धुराको बागबजारमा आगलागी हँुदा दर्जनौ दर्जन घर र पसल जलेर नष्ट भएका छन् । आगो निभाउन बैतडीबाट दमकल पठाएर नियन्त्रणमा लिईएको छ । 

मध्यराती १ः०० बजे शुभम् सिलाई सेन्टरबाट कपडामा लगाउने आइरनबाट आगो शुरु भएर ग्यास सिलिन्डर पसलमा आगो सल्किँदा मोवाइल ग्यालरी ,कपडा पसल र किराना पसल गरीदुई दर्जन पसल जलेर नष्ट भएको हुन् ।
आगलागीले बागबजार क्षेत्रका सरोज फेन्सी स्टोर, न्यू शिद्धबाबा सुनचादी पसल, महाकाली मोबाइल ग्यालरी ,जगदम्बा मोबाईल ग्यालरी,जयकाली ट्रेडर्स,मडै सुज सेन्टर , लगायतका दुइ दर्जन भन्दा बढी पसल हरु जलेर नष्ट भएका छन् ।
मध्यराती १ः बजे बाट सुरु भएको आगलागी आईतवार विहान ६ घण्टा पछि नियन्त्रणमा आएको हो । आगलागी हुँदा अर्बौको क्षती भएको अनुमान गरिएको छ ।
जेसिपी र एक्साभेक्टर लगाएर आगो नियन्त्रण गर्नको लागी एकआपसमा जोडिएका घरहरु भत्काइएपछि अहिले आगो नियन्त्रणमा आएको छ । नेपाल प्रहरी,शससत्र प्रहरी,नेपाली सेना,स्थानीयको ६ घण्टाको प्रयास पछि आगो नियन्त्रणमा आएको हो । आगो नियन्त्रण गर्नको लागी समयमै बारुण यन्त्र नपुगेकाले पनि आगो फैलिएको स्थानीयले बताएका छन् । आगो पुर्व पश्चिम क्षेत्रमा फैलिएको कारणले पनि आगो नियन्त्रणमा ल्याउन समस्या भएको हो । नगरपालिकाको एउटा बारुण यन्त्रले आगो नियन्त्रणमा ल्याउन नसकेपछी दिपायल बाट आइरहेको दमकल बिच बाटोमै एउटा ट्रक संग ठोक्किदा दुर्घटना भएको छ । खबर प्राप्त भएको छ ।
डडेल्धुराको सदरमुकाममा रहेको खलंगा खानेपानी उपभोक्ता समितीका पाइपबाटको पानीले आगो नियन्त्रणमा अपुग भएपछि दिपायल बाट दमकल झिकाइएको थियो । अहिले डडेल्धुरा सदरमुकाम विछिप्त भएको छ । डडेल्धुराको मुटुमै रहेको बागबजार यसरी जलेर नष्ट हुदा रुवावासी चलेको छ । नगरपालिका र स्थानीय प्रहरीले समयमै आगो निभाउन नसकेका कारणले यती ठुलो क्षती भएको भन्दै स्थानीय व्यपारीहरु आक्रोशित भएका छन् ।

यसैबीच हाम्रा गोदावरी समाचारदाता भवानी ऐरले दिएको जानकारी अनुसार

अरबौंको क्षति

 डडेल्धुराको बागबजारमा आगलागी हुँदा एक दर्जनबढी घर पसलहरु जलेर नष्ट भएका छन । विजुली सर्टभई भएको आगलागीवाट अरबौको क्षति भएको अनुमान गरिएपनि कुनै मानविय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।
शनिवार मध्यराती शुभम सिलाई पसलको कपडामा लगाउने आइरन सर्टभई नजिकैको ग्याँस सिलिन्डर पसलहुदै भएको आगलागी करिब ६ घण्टापछि आज बिहान नियन्त्रणमा आएको छ । यसअघि जिल्लामा नगरपालिकासंग रहेको एक मात्र बारुण यन्त्रले आगो नियन्त्रण गर्न नसकेपछि आपसमा जोडिएका घर पसलहरु स्काभेटर र डोजर लगाएर भत्काईएको थियो ।
उधोग बाणिज्य संघ डडेल्धुराका अध्यक्ष प्रकाश साउँदका अनुसार आगलागीवाट सरोज फेन्सी स्टोर, न्यू शिद्धबाबा सुनचादी पसल, महाकाली मोबाइल ग्यालरी, जगदम्बा मोबाईल ग्यालरी, जयकाली टेर्डस, मडै सुज सेन्टर, लगायतका एक दर्जन भन्दाबढी पसलहरु जलेर नष्ट भएका छन । आगो नियन्त्रण गर्नकोलागि समयमै नगरपालिको बारुण यन्त्र नपुग्दा र स्थानीय प्रहरीले उद्धारमा हेलचक्राइ गरेकाले यती ठूलो क्षति भएको भन्दै उहाँले आक्रोश पोख्नुभयो ।
आगलागी पुर्व पश्चिम क्षेत्रमा फैलिएको कारणले नियन्त्रणमा ल्याउन समस्या भएको जिल्ला प्रहरी कार्यालयले बताएको छ । जिल्लास्थित अमरगढी नगरपालिकाको एउटा बारुण यन्त्रले आगो नियन्त्रणमा ल्याउन नसकेपछि छिमेकी जिल्ला डोटी र बैतडीवाट दमकल मगाइएको भएपनि दिपायवाट आएको दमकल वीचबाटोमै एउटा ट्रक संग ठोक्किदा दुर्घटना भएको खबर प्राप्त भएको छभने बैतडीको दमकल नपुग्दै आगो नियन्त्रणमा लिइसकिएको बताइएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायत स्थानीयको अथक ६ घण्टाको प्रयासपछि आगो नियन्त्रणमा आएको भएपनि सुदूरपश्चिमको मुटु मानिने डडेल्धुरा सदरमुकामको मुख्य बजार अहिले बिछिप्त अवस्थामा रहेको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना