• ६ चैत २०८०, मङ्गलबार

नेपाल र पाकिस्तानबीच हिमाली पर्यटनको सम्भावना

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ १८ गते  । नेपाल र पाकिस्तानले पर्वतारोहणको क्षेत्रमा सहकार्य गर्दै आपसी हिमाली पर्यटन प्रवद्र्धन गर्न सकिने विचार व्यक्त गरिएको छ । सगरमाथा दिवसको अवसर पारेर पाकिस्तानको राजधानी इस्लामाबादस्थित नेपाली दूतावासमा आयोजित कार्यक्रममा पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारीले त्यस्तो विचार व्यक्त गर्नुभएको हो । 

सन् १९५३ मे २९ मा तेन्जिङ शेर्पा र एड्मन्ड हिलारीले पहिलो पटक सगरमाथा आरोहण गरेको सम्झनामा इस्लामाबादस्थित नेपाली राजदूतावासले विशेष कार्यक्रम आयोजना गरेको हो ।  त्यस अवसरमा राजदूत अधिकारीले दुई देशमा विश्वका अग्ला सगरमाथा र के टु हिमाल रहेको र पर्वतारोहीले आरोहण गरेर ख्याति कमाउने गरेको बताउनुभएको पाकिस्तानका लागि नेपाली दूतावासले जनाएको छ । गत १६ मेमा सगरमाथा आरोहण गरेका पाकिस्तानी आरोही अब्दुल जोशीलाई उहाँले बधाई  दिनुभयो ।