चाडपर्वमा खाद्यन्न अभाव नहुने

काठमाडौँ, असोज २२ गते । भारतीय अघोषित नाकाबन्दीले पेट्रोलियम पदार्थ तथा अन्य खाद्यन्न आयातमा सामस्या देखिए पनि दसैँ, तिहार, छठजस्ता चाडपर्वमा खाद्यान्नको अभाव नहुने भएको छ । नेपाल खाद्य संस्थानका अनुसार नुन, तेल चामल, चिनी, दाललगायत खाद्य वस्तु अझै तीन÷चार महिनाका लागि मौज्दात रहेको हुँदा चाडपर्वमा कुनै पनि जिल्लामा अभाव नहुने जनाएको छ । “सरकाकारसँग प्राप्त खाद्यान्न मौज्दात छ, त्यसैले नाकाबन्दी हुँदैमा सर्वसाधारण आत्तिहाल्नुपर्ने कारण छैन”, प्रवक्ता श्रीमणिराम खनालले भन्नुभयो ।

नेसनल ट्रेडिङका कार्यालय प्रमुख विनोदबाबु वाग्लेले खाद्यान्न प्राप्त हुँदाहुँदै इन्धनमा नाका बन्दी गरिएका कारण ढुवानीमा समस्या भइरहेको छ भन्नुभयो । ढुवानीमा समस्या भएका कारण प्रत्येक वर्ष दसैँको पूर्वसन्ध्यामा आयोजना गरिने सुपथ मूल्य पसलसमेत यो वर्ष नहुने भएको छ । खाद्यान्नसँग सम्बन्धित विभिन्न निकायले २०६६ सालदेखि नेसनल ट्रेडिङको कार्यालय रामशाह पथमा दसैँको अवसरमा प्रत्येक वर्ष सुपथ मूल्य पसल सञ्चालन गर्दै आएका थिए ।

खाद्य संस्थानले खाद्यान्नको अभाव छैन भने पनि खाद्यान्न अभाव भएकै कारण कालो बजारी बढ्दै गएको भन्दै उपझोत्ताले गुनासो गर्दै आएका छन् । हाल बुद्धनगर बस्ने झापाकी सुमित्रा नगरकोटीले बजारमा समान पाउनै समस्या हुने र यदि पाइयो भने पनि महङ्गो मूल्य तिर्नुपर्ने बताउनुभयो । उहाँले रु ७० पर्ने खाने तेललाई रु ८०÷९० समेत तिर्नुपरेको गुनासो गर्नुभयो ।

“डिजेल र पेट्रोलमा समस्या हुँदा ढुवानीमा समस्या भएको हो, तर खाद्यान्न अभाव होइन्, दसैँको अवसरमा सुपथ मूल्य पसल राख्दा काठमाडौँ उपत्यकाभित्र नै एक ठाउँको सामान अर्को ठाउँमा पु¥याउनै समस्याका साथै ग्राहकलाई यहाँसम्म आउनै मसस्या हुने भएकाले यो वर्ष सुपथ मूल्य पसल सञ्चालन नगर्ने भएका हौँ”, नेसनल ट्रेडिङका कार्यालय प्रमुख वाग्लेले भन्नुभयो ।

दसैँलाई च्याङ्ग्रा आउँदैछ, खसी/बोकाको कारोबार छैन

विगतको वर्षमा दसैँ आउन महिना दिन बाँकी हुँदादेखि नै खसी/बोकाको कारोबार हुन थाले पनि यस वर्ष भने भारतले गरेको अघोषित नाकाबन्दीका कारण कारोबार घटेको छ ।

खाद्य संस्थानका अनुसार विगतका वर्षमा मकवानपुर, बाँके, बर्दिया, सुर्खेत र लहानलगातय जिल्लाबाट खसी/बोका ल्याउने गरे तापनि यस वर्ष नाकाबन्दीका कारण अहिलेसम्म ल्याउन सकिएको छैन । तर संस्थानले मूल्य नियन्त्रणका लागि भए पनि अबको एक/दुई दिनभित्रमा मुस्ताङबाट एक हजार च्याङ्गा ल्याउने भएको छ ।

प्रवक्ता खनालका अनुसार विगतका वर्षमा संस्थानका तर्फबाट करिब तीन हजार खसी÷बोका, च्याङ्गा बिक्री वितरण गरिन्थ्यो । चौपाया खरिद–बिक्री इकाई कमिटी, टुकुचा खसी बजार सञ्चालक समितिका उपाध्यक्ष बलराम कुँवरले विगतका वर्षमा करिब ८० प्रतिशत खसी÷बोका भारतबाट ल्याउने गरे तापनि यस वर्ष भने नाकाबन्दीका कारण अहिलेसम्म ल्याउन सकिएको छैन भन्नुभयो ।

“बाँकी २० प्रतिशत खसी÷बोका पनि गाउँबाट ल्याउने हो, ती खसी÷बोका अब आउने सम्भावना छैन, त्यसैले अबको एक÷दुई दिनमा नाका खुलेर खसी÷बोका आएन भने कारोबार शून्यजस्तै हुन्छ”, उहाँले भन्नुभयो ।

खसी व्यवसायी ज्ञानु श्रेष्ठले च्याङ्ग्रा प्राप्त मात्रामा शनिबारभित्रमा आउने भए पनि खसी÷बोकाको भने अहिलेसम्म टुङ्गो लागिनसकेको बताउनुभयो । उहाँले अझै पनि समय भएको हुँदा नाका खोलेर वातावरण सहज बनाउन आग्रह गर्नुभयो । टुकुचा तरकारी बजारका तरकारी व्यवसायी नारायण अधिकारीले दसँैँका लागि खसी÷बोकाभन्दा पनि ग्यास नभएका कारण केमा पाएर खाने भन्ने समस्या भइरहेको बताउनुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना