माघी महोत्सवको उदघाटन प्रधानमन्त्रीले गर्ने

tharu
लक्की चौधरी काठमाडौं, पुस १९ गते । थारु समुदायको नयाँवर्ष माघी २०७१ को महोत्सवलाई प्रधानमन्त्री सुशिल कोइरालाले उद्घाटन गर्नुहुने भएको छ । आज भएको मूल आयोजक कमिटीको बसेको बैठकपछि आयोजकले त्यस्तो जानकारी गराएको हो । महोत्सवलाई भव्यरुपमा सम्पन्न गर्न करिब १३ वटा विविध क्षेत्र समेट्ने उपसमिति गठन गरिएका छन् ।
थारु समुदायको नयाँवर्षकोरुपमा रहेको माघीपर्वमा थारु समुदायले उपत्यकामा २०५९ देखि महोत्सव मनाउँदै आएको हो । तर सरकारले माघीपर्वलाई राष्ट्रिय पर्वकोरुपमा मनाउने निर्णय भने २०६४ मा गरेको थियो ।
मूल आयोजक कमिटीका संयोजक सत्यनारायण चौधरीको अनुसार महोत्सवमा करिव ८० स्टल रहने महोत्सवको प्रमुख आकर्षण थारु भेषभूषा, संस्कृति र हस्तकलाको प्रदर्शन रहने आयोजकले बताएको छ । त्यससँगै थारु फुड फेष्टिबल अर्को आकर्षणको केद्रिविन्दु हुनेछ । महोत्सवमा थारु संस्कृति झल्किने सखिया, झुम्रा, मुग्रहवा, लट्ठवा, दिननचुवा लगायतको नृत्यहरु प्रस्तुत गरिने सांस्कृतिक समितिले जानकारी गराएको छ ।
अनुमानित २० लाख रुपियााँ बजेटमा तयारी गरिएको महोत्सवमा गतवर्ष १२ लाखजति खर्च भएको मूल आयोजक कमिटीका संयोजक चौधरीले बताउनुभयो । उपत्यकामा करिब दुईलाख थारुहरु कामको सिलसिलामा बसोबास गर्दैआएको थारु संघ–संस्थाको अनुमान रहेपनि ३० हजार जतिले महोत्सवको अवलोकन गर्ने गरेका छन् ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना