• ६ चैत २०८०, मङ्गलबार

विमान दुर्घटना स्थलमा हेलिकोप्टर अवतरण, शव सङ्कलन सुरु

blog

काठमाडौं, जेठ १६ गते । तारा एयरको विमान दुर्घटनामा मृत्यु भएका यात्रुको शव सङ्कलन सुरु गरिएको छ । जहाज भीरमा ठोक्किएर दुर्घटना भएपछि विमानमा सवार यात्रु र चालकदलका सदस्यसहित २२ जनाको सव छरपष्ट अवस्थामा रहेको र सङ्कलन कार्य सुरु भएको यार्चागुन्बु सङ्कलन गर्न पुगेका बाग्लुङका विशाल मगरले घटनास्थलबाट जानकारी दिनुभयो । जहाजमा सवार २२ जना जीवित अवस्थामा नरहेको उहाँले बताउनुभयो ।

खराब मौसमसँगै बाक्लो बादल लागेपनि नेपाली सेनाको हेलिकोप्टर घटनास्थल नजिकै अवतरण गरेर प्रहरीले सेनाको टोलीले शव सङ्कलन कार्य सुरु गरेको मगरले बताउनुभयो । पोखराबाट मुस्ताङका लागि आइतबार बिहान उडेर सम्पर्कविहीन भएको तारा एयरको ट्वीनअटर ९एन एइटी विमान दुर्घटनाग्रस्त अवस्थामा मुस्ताङको मानापाथी हिमालको फेदीस्थित थासाङ गाउँपालिका–२ न्याउरिकोटको ल्याङ्के खोलाको मुहाननजिक दुर्घटना भएको थियो ।

छरपष्ट अवस्थामा विमानका पाटपुर्जा र शव भेटिएको मध्यकमाण्ड हेडक्वाटर पोखराका कमाण्डपति उपरथी बाबुराम श्रेष्ठले जानकारी दिनुभयो । सेनासहितको उद्धार टोलीले २२ जनाको शव पोखरा ल्याउने तयारी भएको सेनाले जनाएको छ । विमानमा दुई जर्मन नागरिक, चार भारतीय नागरिक, १३ नेपाली नागरिक र तीन चालकदलसहित २२ जना छन् ।