• ६ चैत २०८०, मङ्गलबार

उदयपुरमा ट्रक दुर्घटना हुँदा चारको मृत्यु

blog

उदयपुर, जेठ १६ गते ।  जिल्लाको सिद्धिचरण लोकमार्ग अन्तर्गत उदयपुरको कटारी नगरपालिका–१४ भदौरेस्थित चनौटेमा सोमबार बिहान ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । 

ना.८.ख.८२९७ नम्बरको ट्रक अन्दाजी बिहान २ः३० बजे दुर्घटना हुँदा चारै जनाको घटनास्थलमा मृत्यु भएको हो । मकवानपुरको हेटौंडाबाट मिक्सु सोलु हाइड्रोपावरको सिमेन्ट बोकेर सोलुखुम्बुतर्फ जाँदै गरेको थियो । 

मृत्यु हुनेहरुमा ट्रकका चालक बाराको सिमरा–१ का ३५ वर्षीय सुजित घलान, सहचालक २५ वर्षीय नितेश खड्का, ट्रकमा सवार सिमरा–१ का १७ वर्षीय अनुज लामा र ३७ वर्षीय राजन तामाङ रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय उदयपुरको घटनाको पुष्टि गरेको छ । प्रहरी निरीक्षक मोहन थापाका अनुसार ट्रक सडकबाट करिव एक सय मिटर तल खसेको छ । प्रहरीले स्थानीयको सहयोगमा शव बाहिर निकाल्ने प्रयास जारी राखेको छ ।

घटनास्थलमा उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ । दुर्घटनाका बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।