शताब्दी पुरुषको स्वास्थ्यमा सुधार

काठमाडौँ, पुस १९ गते । शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार भएको छ । पन्चानब्बे वर्षीय जोशीले सेवन गर्दै आउनुभएको एन्टिबाएटिक शुक्रबारदेखि बन्द गरिएको छ । उहाँले अझै एक साता अस्पतालमा नै बस्नु पर्ने चिकित्सकले सल्लाह दिएका छन् ।

संस्कृतिविद् एवं साहित्यकार जोशीको उपचारमा हालसम्म रु नौ लाख ६७ हजार खर्च भैसकेको स्वास्थ तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । उहाँलाई गत मङ्सिर २१ गते स्थानीय बयोधा अस्पतालमा फोक्सोको रोगका कारण उहाँलाई अस्पताल भर्ना गरिएको थियो ।

उहाँको फोक्सोमा पानी जम्मा भइरहने कारण उहाँको दाहिनेपट्टि छातीमा शल्यक्रिया गरेर ट्युब राखिएकामा हाल हटाइएको शताब्दी पुरुष महोत्सव समारोहको आयोजक नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईंले जानकारी दिनुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना