धम्कीका भाषा नवोल्न मन्त्री खड्काको आग्रह

Narayan Khadka Nepali Congressपोखरा, मंसीर ४ गते । शहरी बिकास मन्त्री डा. नारायण खड्काले  एकिकृत नेकपा माओवादीलगायतका दलहरुले संविधान निर्माणमा अप्ठ्यारो स्थिती सृजना गर्ने कोसीस गरीरहेको आरोप लगाउनु भएको छ । नेपाल प्रेस युनियन कास्की शाखाले बिहिवार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खड्काले उक्त विचार ब्यक्त गर्नुभएको हो ।
माओवादीले २२ दल मिलाएर ‘माई वे , नो वे’ को बाटो अपनाईरहेको छ यसरी चल्दै मन्त्री खड्काले भन्नुभयो । सवांद समितीमा ४३ जना शभासदले हस्ताक्षर बुझाउनुलाई बाध्यात्मक परिस्थितीको संज्ञा दिदै दुई तिहाईको मान्यता कांग्रेस एमालेको मात्र नभई अन्र्तराष्ट्रिय अभ्यास भएको प्रष्ट पार्नुभयो ।
माओवादीले नयाँ संविधान बन्न नदिने अवस्था ल्याएर मुलुकलाई लिविया, सिरीया, कङगो जस्तै मुलुकको अवस्था निम्त्याउन खोजेको पनि उहाँले आरोप लगाउनुभयो । माओवादीलाई धम्कीका भाषा नवोल्न आग्रह गदै मन्त्री खड्काले नयाँ संविधान निर्माणपछि हुने चुनावमा दुई तिहाई मत ल्याएर देखाउनेजस्ता धम्की दिन सुझाव दिनुभयो । “ संविधान निर्माण नहुदै बङकरमा सुत्ने जस्ता धम्की नदिनुस बरु संविधान निर्माणपछिको चुनावमा दुई तिहाई मत ल्याएर देखाईदिन्छौ भन्ने भाषाको धम्की दिनुस हामी त्यसका लागि तयार छौ ।”–मन्त्री खड्काको भनाई थियो ।
उहाँले  पोखरामा बसपार्क निर्माण प्रक्रियालाई स्थानीय विवादले असर गरेको बताउदै स्थानीय रुपमा देखिएको विवाद साम्य पार्न आग्रह गर्नुभयो । “बसपार्क निर्माणका लागि विवाद नगर्नुुस, सबैको सहमति गरेर पठाउनुस प्रक्रिया तत्काल अघि बढ्छ । ”–मन्त्री खड्काले भन्नुभयो ।
शहर बिकासको मेरुदण्डका रुपमा रहेको बसपार्क निर्माणमा कसैले पनि विवाद निकाल्न नहुने उहाँको तर्क थियो । सबैको साझा एजेण्डाका रुपमा रहेका बिकासका गतिविधीमाथी कसैले राजनिती गर्न नहुनेमा मन्त्री खड्काले जोड दिनुभयो । “सबैको साझा एजेण्डा भएकाले बसपार्क निर्माणको विषयमा कसैले पनि राजनिती नगरौ , आफु संग्लग्न राजनीतिक दलभन्दा माथी उठौ  । ”, मन्त्री खड्काको आग्रह थियो ।
पोखरालाई मुलुकका अन्य शहर भन्दा नमूना शहर बन्नुपर्ने बताउँदै उहाँले बसपार्क निर्माणमा शहरी विकास मन्त्रालयले आवश्यक सहयोग गर्ने पनि प्रतिवद्धता ब्यक्त गर्नभयो ।।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना