मर्मत नहुँदा चिसापानी पुल जीर्ण बन्दै

chisapani pulधनगढी, पुस १९ गते । कैलाली र बर्दिया जिल्लाको सीमानामा पर्ने कर्णाली नदीमा रहेको चिसापानी पुल जीर्ण बन्न थालेको छ ।
निर्माण भएको लामो अवधीसम्मपनि मर्मत सम्भार नभएपछि पुल जीर्ण बन्न थालेको हो । सन १९९४ मा बनेको पुलको विभिन्न ठाउँमा खिया लागि सकेको छ । विक्रम सम्वत २०६१ साल पौष महिनामा तत्कालिन बिद्रोही माओवादी र नेपाली सेनाबीच भएको दोहोरो भिडन्तका क्रममा पुलको विभिन्न भागमा गोली लागेर प्वाल समेत परेको छ ।
पुल मर्मत सम्भारको जिम्मा मध्यपश्चिम सडक डिभिजन कार्यालय नेपालगञ्जको रहेपनि अहिलेसम्म मर्मत सम्भार नगरेको स्थानीयबासीले गुनासो गुनासो गरेका छन् । उनीहरुले समयमै मर्मत नहुँदा दिनानुदिन पुल जीर्ण बन्दै गएको बताएका छन् ।
पुलको मर्मत सम्भार नभएपछि स्थानीयबासी चिन्तित बनेका छन् । उनीहरुले पुलको मर्मत सम्भारको पहल गर्नका लागि सरोकारवाला निकायसंग आग्रह गरेका छन् ।
कर्णाली नदीमा पाँच सय मिटर लामो यो पुल बनेपछि सुदूरपश्चिमको पूर्वतिर आवतजावत सजिलो भएको हो । पुल नबन्दासम्म डुङ्गाको भरमा कर्णाली तरेर आवतजावत गरिएको बताईन्छ ।
जापानको कावासाकी हेभी इण्डष्ट्रिजले एउटै पिल्लरमा अडेको नमुना पुल बनाएको हो । यस प्रकारको पुल एसियामा दुई वटा मात्रै रहेको बताइएको छ । एक पिल्लरमा मात्रै बनाइएको नमुना पुल हेर्नका लागि विभिन्न स्थानबाट पर्यटकहरु समेत आउने गरेका छन् ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना