• १३ वैशाख २०८१, बिहिबार

जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन

blog

काठमाडौं, जेठ १५ गते । पोखराबाट मुस्ताङको जोमसोम विमानस्थलका लागि उडेको तारा एयरको (९एन एइटी)  कल साइनको ट्विनअटर विमान बिहान ९ः५५ बजेदेखि   सम्पर्कविहीन भएको छ । १९ जना यात्रु लिएर पोखराबाट उडेको जहाज आहिलेसम्म सम्पदर्कविहीन भएको तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभयो । 

हाम्रा गण्डकी प्रदेश संयोजक रमेश पौडेलका अनुसार मुस्ताङको लेतेमा ठोक्किएको जानकारी प्राप्त दभएको छ । पोखरा विमानस्थलका अनुसार घोरेपानी भन्ने ठाउँसम्म पुग्दा सम्पर्क भएकाे विमानमा दुई विदेशीसहित १९ यात्रु रहेको विमानस्थलले जनाएको छ । 

उहाँका अनुसार जहाज अहिलेसम्म सम्पर्कमा छैन, जहाजबारे खोजविन सुरु गरिएको छ । आइतबार बिहानैदेखि मौसममा बदली हुँदा देशैभर वर्षा भएको थियो ।