• १५ चैत २०८०, बिहिबार

मानसिक सन्तुलन नभएकी महिलाले जन्माउनुभयो रुखको फेदमा शिशु

blog

हरि कोइराला

उर्लाबारी, जेठ १५ गते । झापा र मोरङको चारकोसे झाडीसँगै जोडिएको पूर्वपश्चिम राजमार्ग किनारमा छोडिएका मानसिक सन्तुलन गुमेका भारतीय नागरिकको व्यवस्थापन असजिलो बन्दै गएको छ । 

शनिबार दिउँसो ३ बजे मोरङको कानेपोखरी – ५ स्थित भौसाबारीमा पहिचान नभएका मानसिक असन्तुलन भएकी महिलाले पीपलको फेदमा एक शिशुलाई जन्म दिएकी छन् ।

स्थानीय र स्वास्थ्यकर्मीको सहयोगमा ती महिलाले छोरीलाई जन्म दिनुभएको छ । स्थानीयले तीन महिना अघिदेखि सोही पीपलको रुखमुनि बस्दै आएक ती महिला गर्भवती रहेको सूचना गाउँपालिकालाई दिएका थिए । सोही सूचनाका आधारमा गाउँपालिका अध्यक्ष राजमति इङ्नाम र उपाध्यक्ष भोलाप्रसाद अधिकारी उद्धारका लागि शनिबार पुग्नुभएको थियो । 

उद्धारका लागि पुग्नु अगावै स्वास्थ्यकर्मीको सहायतामा महिलाले बच्चा जन्माउनुभयो ।  स्वस्थ बच्चा जन्मिएपछि गाउँपालिका अध्यक्ष र उपाध्यक्षको टोलीले महिलालाई विराटनगरस्थित मानव सेवा आश्रममा पठाएको छ ।

मानसिक सन्तुलन गुमाएकी ती महिलाको भाषा बुझिँदैन । पूर्वपश्चिम राजमार्गको कानेपोखरीबाट तीन महिना अघि घुम्दै भौंसाबारी चौक पुगेका थिए । देशलाई सडक मानव मुक्त बनाउने ओली सरकारको अभियान अन्तर्गत कानेपोखरी गाउँपालिकाले यसअघि १० जना सडक महिलालाई मानव सेवा आश्रम विराटनगरमा सुरक्षित वासका लागि पु¥याइसकिएको छ ।