• १२ वैशाख २०८१, बुधबार

मोरङको बेलबारी दुर्घटनामा दुईको मृत्यू

blog

हरि कोइराला

उर्लाबारी, जेठ १५ गते । मोरङको बेलबारी –१० भाउन्नेमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । को १० प ३५९९ नम्बरको मोटरसाइकल शनिबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक सुन्दरहरैँचा नगरपालिका–११ का २५ वर्षीय राजेश धिमाल र पछाडि सवार २४ वर्षीय अनील चौधरीको मृत्यु भएको हो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि विराटनगरको विराट नर्सिङ होम विराटनगर लगिएको थियो । चौधरीको राति ९ः४० बजेतिर र धिमालको आइतबार  विहान ६ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका  प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश १–०१–००१ ख ३८८७ नम्बरको बस र सडकमा रोकेर राखेको को २ त ८५५९ नम्बरको ट्याक्टर मध्ये कुन सवारी साधनमा मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो भन्ने यकिन भइसकेको छैन ।

बस र ट्याक्टर तथा दुवै सवारीसाधनका चालकलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ ।