• ६ चैत २०८०, मङ्गलबार

नवजात शिशु मृत फेला, अविवाहित युवती पक्राउ

blog

शेरबहादुर राई

ओखलढुङ्गा, जेठ १५ गते । सिद्धिचरण नगरपालिका–२ ठुलाछापमा नवजात शिशुको शव फेला परेको छ । शनिबार ठुलाछापको पुरानो पानी ट्याङ्कीभित्र बोरामा पोको पारेको अवस्थामा शिशुको शव फेला परेको हो । 

अवैध सम्बन्धबाट जन्मिएको शिशु सालनालसहित कसैले फालेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायब उपरीक्षक सुकदेव खनालले बताउनुभयो । घटनाको प्रकृति हेर्दा करिब तीन चार दिन अघि शिशु जन्माएर फालेको हुनसक्ने प्रहरी नायब उपरीक्षक खनालको भनाइ छ । 

यसै क्रममा शिशु जन्माएर फालेको आशङ्कामा एक अविवाहित युवतीलाई प्रहरीले पक्राउ गरेको छ । घटनामा सङ्लग्न एक पुरुष फरार रहेको प्रहरीको भनाइ छ । उनको खोजी भइरहेको छ । युवती र उनको परिवारमाथि अनुसन्धान भइरहेको प्रहरी निरीक्षक केशव अधिकारीले जानकारी दिनुभयो । 

घटनामा सङ्लग्न पुरुष विवाहित रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरी निरीक्षक अधिकारीको भनाइ छ । मृत शिशुको पोष्टमार्टम् तथा अनुसन्धानका लागि टिचिङ अस्पताल काठमाडौं पठाइएकोे जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।