• ८ वैशाख २०८१, शनिबार

नगरप्रमुख आलेको पहिलो निर्णय

सुत्केरी र ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स

blog

भोजपुर समाचारदाता

भोजपुर, जेठ १५ गते । नवनिर्वाचित भोजपुर नगरपालिकाका प्रमुख कैलाशकुमार आलेले पदबहाली ग्रहण गरेसँगै तीनवटा नीतिगत निर्णय गर्नुभएको छ । नगरपालिकाका अति विपन्न परिवारलाई निःशुल्क खानेपानी तथा विद्युत् लाइन जडान, ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक र प्रसूति सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा र सदरमुकाम र आसपासमा रहेको अव्यवस्थित विद्युत्को तार हटाएर व्यवस्थित किसिमको कालो केबल तारलगाउनेसहित तीनवटा नीतिगत निर्णयभएका छन् । 

नगरप्रमुख आलेले पदबहालीसँगै ती निर्णयमा हस्ताक्षर गर्नुभयो । उहाँले नगरभित्रका गरिब र विपन्न घर परिवार खानेपानी तथा विद्युत् सेवाबाट वञ्चित रहेकाले त्यस्ता परिवारलाई खानेपानी र विद्युत् जडानको व्यवस्था नगरपालिकाले गर्ने बताउनुभयो । त्यस्तै नगरपालिका ६० वर्षमाथिका ज्येष्ठ नागरिक र प्रसूति सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा र सदरमुकाम क्षेत्रमा हुनसक्ने विद्युतीय दुर्घटनालाई मध्यनजर गर्दे बजार क्षेत्रमा विद्युत् प्राधिकरणको समन्वयमा एबीसी केबुलमार्फत् विद्युत् लाइन व्यवस्थित गर्ने योजनामा रहेको उहाँले बताउनुभयो ।  भोजपुर नगरपालिकाको १२ वटा वडामध्ये नगरप्रमुखसहित आठ वडामा नेपाली कांग्रेस, उपप्रमुखसहित तीन वडामा नेकपा (एमाले) र एउटा वडामा नेकपा (माओवादी केन्द्र)ले विजय हासिल गरेका छन् ।