• १३ वैशाख २०८१, बिहिबार

‘दोख’ असारमा

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ १५ गते । रङ्गकर्मी अनुप बरालको निर्देशन रहेको चलचित्र ‘दोख’ असार २४ बाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले चलचित्रको  पोस्टरसहित प्रदर्शन मिति सार्वजनिक गरेको हो ।  दुईवटा गाउँबीचको किचलोलाई मुख्य कथा बनाएर निर्माण गरिएको चलचित्रलाई शैलेन्द्र डी कार्कीले छायाङ्कन र निमेष श्रेष्ठले सम्पादन गर्नुभएको छ । चलचित्रलाई राजन कटैतले लेख्नुभएको हो ।  चलचित्रको निर्माण मनोज अधिकारीले गर्नुभएको हो । आभास र पुष्प सङ्गमको सङ्गीत रहेको चलचित्रमा दिया मास्के, मनीष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ, रोय दिभ, कमल देवकोटालगायतका कलाकारको अभिनय रहेको छ ।