• १३ वैशाख २०८१, बिहिबार

हुम्लाको बन्द स्वास्थ्य चौकी छ महिनापछि सञ्चालनमा

blog

छ महिनापछि सञ्चालनमा आएका लिमीको स्वास्थ्य चौकी । तस्बिर: राजन रावत

हुुम्ला जेठ १५ गते । गत मङ्सिर महिनाबाट बन्द हुुँदै आएको नाम्खा गाउँपालिका– ६ हिमालपारिको गाउँ लिमीको स्वास्थ्यचौकी खुुल्ला भएको छ । लिमी जाने नाकामा जमेको हिउ पग्लिएपछि स्वाथ्यकर्मी लिमी पुुग्दा बन्द रहँदै आएको स्वास्थ्यचौकी सञ्चालनमा आएको हो ।

लिमी हल्जी गाउँका खेण्डाप तामाङले गत मङ्सीरबाट बन्द हुँदै आएको स्वास्थ्य चौकी एक जना स्वास्थ्यकर्मी गाउँपालिकाबाट आई पुुगेपछि सञ्चालनमा आएको बताउनुुभयो । उहाँले स्वास्थ्य चौकी सञ्चालनमा आएसँगै बिरामीको उपचारमा सहजता आएको बताउनुुभयो । गत दशै तिहारपछि एक पटक लिमी पुुगेका स्वास्थ्यकर्मी हिमपात हुँदा फिर्ता भएयता फर्कनुुभएको थिएन । उहाँले नारा र न्यालुु लेकमा जमेको हिउ पग्लिएपछि केही दिन अगाडि स्वास्थ्यकर्मी न्यालुुबाट लिमी पुुगेर स्वास्थ्यचौकी सञ्चालनमा आएको बताउनुुभयो । 

स्वास्थ्य चौकी खुलेकै दिन दश जना बिरामीले स्वास्थ्य सेवा लिएका थिए । बढी जनसङ्ख्या भएको हल्जी गाउँमा स्थापना भएको स्वास्थ्य चौकीमा उक्त गाउँका बिरामीको उपचार हुने गरेको छ भने अन्य तील र जाँङ गाउँका बिरामीका लागि भने स्वास्थ्यकर्मी घरघरमा पुुगेर उपचार गर्ने गरेको छ । 

लिमीका गाउँमा जटिल रोगका बिरामी हुँदा ब्यक्तिगत खर्च गरेर हेलिकोप्टर चार्टर गरेर उपचार सूविधा लिनु पर्ने वाध्यता अव हटेको छ । नाम्खा गाउँपालिकाका प्रमुुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले हिउमा लिमीकै स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी बस्नका लागि धेरै प्रयास गरिएको तर बस्न नमान्नेलाई जागिरबाट हटाइएको  बताउनुुभयो । उहाँले खटिएका स्वास्थ्यकर्मी बस्न नमानेपछि आर्युुवेदिक औषधिका लागि गाउँपालिकाबाट वडा कार्यालयको आग्रहमा आर्थिक सहयोग गरेर बिरामीको उपचार गरिएको बताउनुुभयो । लिमी जाने बाटो खुुलेपछि तत्काल स्वास्थ्यकर्मी खटाएर स्वास्थ्यचौकी सञ्चालनमा ल्याएको गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

स्वास्थ्यकर्मी लोकश बोहरा पुुगेपछि उक्त स्वास्थ्यचौकीमा स्थापना भएको नयाँ प्रसूतिगृह पनि सञ्चालनमा आएको गाउँपालिकाले जनाएको छ । 

Author

राजन रावत