• ५ वैशाख २०८१, बुधबार

राउटेलाई सामाजिक सुरक्षा भत्ता वितरण

blog

राउटे समुदायलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्दै गुराँस गाउँपालिका –८ का वडा अध्यक्ष दीपेन्द्र ओली । तस्विरः कमल शर्मा

दैलेख, जेठ १५ गते । जाजरकोटकोको छेडागाड नगरपालिका–५ थलह बजार नजिकै बस्दै आएका राउटे समुदायलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । जङ्गलमा फिरन्ते जीवन बिताइरहेका राउटे समुदायको पाँच वर्ष अघि गुराँस गाउँपालिका – ८ का स्थानीय नागरिकका रूपमा परिचयपत्र वितरण गरेपछि गुराँस गाउँपालिकाले –८ को वडा कार्यालयले सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ ।

४० परिवारका एक सय ४४ जनालाई माघ, फागुन र चैत समेत तीन महिनाको प्रतिव्यक्ति चार हजारका दरले सुरक्षा भत्ता वितरण गरिएको गुराँस गाउँपालिका ८ का वडा सचिव सुस्मिता खड्काले जानकारी दिनुभयो । उहाँले गुराँस गाउँपालिकाका –८ का वडा अध्यक्ष दीपेन्द्र ओली सहित गएको टोलीले तीन महिनाको सामाजिक सुरक्षा भत्ता वितरण गरिएको बताउनुभयो ।  वडा अध्यक्ष दीपेन्द्र वलीले गुराँस गाउँपालिका –८ को बासिन्दा बनाएर परिचयपत्र  निर्माण गरे पनि राउँटेहरु बस्ती सर्ने समस्या कारण सुरक्षा भत्ता वितरणमा जोखिम हुने गरेको बताउनुभयो । उहाँले राउटे समुदायलाई प्रत्येक महिना नै सामाजिक सुरक्षा भत्ता वितरण गर्नुपर्ने माग राखेको बताउनुभयो । 

राउटे समुदायलाई स्वास्थ्य सरसफाइ र सामाजिक अन्तर घुलनका अभ्यास गराउन सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले राउटे परियोजना सञ्चालन गरेको छ । दुई जना स्वास्थ्यकर्मी र दुई जना सामाजिक परिचालक राखेर उनीहरूको जीवनशैली परिवर्तनमा काम गरिरहेका छन् । 

Author

कमल शर्मा