• १६ चैत २०८०, शुक्रबार

कातामा रेहान र रसुगीलाई स्वर्ण

blog

करातेमा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर : राखेप

काठमाडौं, जेठ १४ गते । नेपालका रेहान जावेद र रसुगी पाण्डेले आठौं सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको एकल कातामा स्वर्ण जित्नुभएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगितामा रेहान पुरुष तथा रसुगी महिलामा पहिलो हुनुभएको हो । फाइनलमा रेहानले नेपालका कृष्ण ऐडी र रसुगीले नेपालकै वर्षा बूढामगरलाई पछि पार्नुभयो  । 

महिला ५५ केजीमा नेपालकी पुष्पका लामाले नेपालकै सन्जिवनी कार्की, ६१ केजीमुनि नेपालकी निरुता श्रेष्ठले नेपालकी जुनु विशंखे तथा ३३ केजीमा नेपालकी प्रतीक्षा तामाङले भारतकी अस्विनी पवारलाई पराजित गर्दै स्वर्ण जित्नुभयो । 

नेपाल सितोरियो कराते सङ्घ, शाखा डोजो नक्सालद्वारा आयोजित प्रतियोगिताको पुरुष ४५ केजीमा नेपालका अनिश खड्काले नेपालका लेखराज घिमिरे, ४० केजीमा नेपालका इरफान वस्ताले भारतका अभिमन्यु तथा ३० केजीमा नेपालका अनिल रोकाले भारतका अद्नान मल्भीलाई हराउँदै स्वर्ण जित्नुभयो । प्रतियोगिता आइतबार सम्पन्न हुनेछ ।