• ६ चैत २०८०, मङ्गलबार

१५ मिनेटपछि बस्नेगरी प्रतिनिधिसभा बैठक स्थगित

blog

काठमाडौं, जेठ १४ गते। १५ मिनेटपछि बस्नेगरी प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। शनिबार बिहान ११ बजे बोलाइएको बैठक साँझ पौने सात बजेसम्म चलेको हो। बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल भएको छ। 

संघीय संसदको सचिवालयका अनुसार दोस्रो बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको  प्रधानमन्त्री शेरबहादुर देउवाले जवाफ दिनुहुनेछ। 

प्रधानमन्त्रीले जवाफ दिनुभएपछि प्रश्नोत्तरको शृङ्खला चल्ने र नीति तथा कार्यक्रम प्रतिनिधिसभामा निर्णायार्थ प्रस्तुत हुनेछ। नीति तथा कार्यक्रम पास भएपछि अर्थमन्त्री जनार्दन शर्माले आजै आर्थिक सर्वेक्षण पेश गर्नुहुनेछ।