• १६ चैत २०८०, शुक्रबार

‘उत्पादनमा आधारित अर्थतन्त्रलाई नीति कार्यक्रमले समेटेको छ’

blog

काठमाडौं, जेठ १४ गते। प्रतिनिधसभा सदस्य मीनबहादुर विश्वकर्माले उत्पादनमा आधारित अर्थतन्त्रलाई यस नीति तथा कार्यक्रमले समेटेकोे बताउनुभएको छ। 

शनिबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उहाँले यस्तो बताउनुभएको हो। 

साथै उहाँले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान केन्द्र व्यवस्थापनका कारणले कमजोर देखिएकाले यसको सुधारका लागि पनि पहल गर्नुपर्ने उहाँको भनाइ छ। 

मूल्य वृद्धिलाई रोक्न नसकिए पनि यसको पहिचान गरेर क्षमता अनुसारको राहातका कार्यक्रम पनि समावेश गर्नुपर्ने उहाँले बताउनुभएको छ।